नगरपालिकाबाट कृषि औजार पाएपछि तिलोत्तमाका किसान खुसी भएका छन् । तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको हो ।
तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानका लागि हाते ट्रयाक्टर, स्प्रेयर मेसिन (औषधी तथा पानी छिट्ने), रिपर (धान, गहुँ तथा बाली काट्ने मेसिन), ब्रास कटर लगायतका कृषि औजार बितरण गरेको हो ।
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यसहित परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिकाकार्यालयको ५० प्रतिशत अनुदानमा करिव ५ लाखको कृषि औजार वितरण गरेको कृषि शाखाका प्रमुख दोमलाल भुसालले बताउनु भयो ।
कृषि औजारले कामलाई सहज पनि बनाउने र काम गर्नेले पालैसँग गर्दा रोजगारी पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिइएको नगर प्रमुख रामकृष्ण खाणको भनाइ छ । कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहज बनाई कृषि उत्पादन बढाउनको लागि किसानलाई कृषिमा उत्साहित गर्नको लागि नगरपालिकाले कृषि उपकरण प्रदान गरिएको नगरप्रमुख खाँणले बताउनु भयो ।
नगरपालिकाले वडा नं. ६, ८, १४, १५ र १७ का २२ जना किसानलाई कृषि औजार प्रदान गरेको हो । नगरपालिकाले कृषि औजार अनुदानमा भएपनि उपलब्ध गराएर किसानलाई कृषि कर्ममा सहज बनाएको बताउँदै किसानहरु खुसी भएका छन् । उनीहरुले कृषि औजारको सहि सदुपयोग गर्ने पनि बताएका छन् ।