बुटवल हस्पिटल र ग्लोवल बैकबिच उपचारमा सहकार्य

1.3K

बुटवल हस्पिटल र ग्लोवल बैकबिच उपचारमा सहकार्य

बुटवल हस्पिटल प्रा.लि. र ग्लोबल आईएमई वैकसंग उपचारमा सहकार्य सम्बन्धि सम्झौता भएको छ । बुटवल हस्पिटलले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरिएको हो । त्यसैगरी बैंकले पनि अस्पतालले गर्ने सामाजिक कार्यमा सहकार्य गर्नेछ ।
उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायिक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नप्रसाद पौडेलले बताउनु भयो । उहांले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहांले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन समेत आग्रह गर्नुभयो ।
त्यस अवसरमा ग्लोबल आईएमई बैंक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैक र हस्पिटलका विचमा भएको उपचार सम्झौतापछि दुवै पक्षलाई आगामी दिनमा थप सहकार्यको वाटो खोलेको बताउनु भयो । उहांले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा बैकर्सहरु पनि उपचारका लागि बुटवल हस्पिटल नै रोज्ने विश्वाश व्यक्त गर्नु भयो ।
२५ वर्ष अघि बुटवलमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैया संचालनमा छ । यो अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको
निगरानीमा आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि अपरेसन थियटर छ ।