खनाल आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

525

खनाल आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

sewaaaaबुटवल, बिगत २३ बर्षदेखि पत्रकारितामा क्रियाशिल बुटवलका पत्रकार दामाेदर खनाल सेवा आर्थिक पत्रकारिता पुरस्कार-२०७२ बाट पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देही र सेवा विकास बैंकले स्थापना गरेको पुरस्कार पहिलाे पटक  खनालले पाएका हुन् ।  साे  पुरस्कारको राशी १० हजार नगद र प्रशंसापत्र रहेकाे छ ।बैंकको वार्षिकोत्सवको अवसरमा साे  पुरस्कार प्रदान गरिएकाे छ । खनाल बिजनेश खवर पाक्षिकको सम्पादक र एभिन्युज टेलिभिजनको ब्युरो प्रमुख हुन् । उनी अर्थ  र अपराध बिटमा रहेर पत्रकारिता गरिरहेका छन्  ।एक समाराेहका बिच अनाललाइ पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी र सेवा बैंकका अध्यक्ष भिम तुलाचनले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । साे अबसरमा बाेल्दै सम्मानित पत्रकार खनालले पत्रकारितामा अझै जिम्मेबारीबाेधका साथमा लाग्ने बताए ।पत्रकार महासंघका क्षेत्रिय संयाेजक रहेका पत्रकार खिमानन्द भट्टराईको संयोजकत्व , बैंकका सिईअाे महेश काफ्ले र पत्रकार लक्ष्मण पोखरेल सदस्य रहेको मुल्याकन समिति गठन गरेर खनाललाई पुरस्कार सिफारिस गरेकाे थियाे ।