नेपाली कांग्रेशको १३औ महाधिवेसनको संघारमा नेपालि जन सम्पर्क समित बेल्जियम, पोर्चुगल र बेलायतमा तीव्र विवाद उठेको थियो | बेल्जियम र पोर्चुगलमा केन्द्रको निर्देशन विपरित आफूखुसी महासमिति सदस्य र महाधिवेसन प्रतिनिधि चुनेको असन्तुस्ट पक्षहरुले आरोप लगायका थिय | उनीहरुले आरोप मात्रै लगायनन छुटै बैठक डाकेर नया प्रतिनिधि पनि चुने | त्यो समिति नेपाल पुग्यो | केन्द्रमा धर्ना बस्यो | तर अन्तत बेल्जियम र पोर्चुगलको असन्तुस्ट पक्षले हार बेहोर्नु परेको छ | उनीहरुलाई केन्द्रले मान्यता दियन |
जन सम्पर्क समिति पोर्चुगलले फेब्रुवरी १५ कै दिन कार्यसमिती को सर्वसम्मत निर्णय अनुसार महासमिती सदस्य र महाधिवेशन प्रतिनिधी चयन गरेको थियो | तर यसमा असहमति जनाउदै पुर्व उपाधक्ष्य खेमराज रानाभाटको समुहले आइतबारको लागि पोर्चुगलबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनौटको बारेमा छलफल डाकेको थियो | महाधिवेसन महासमिति सदस्य र प्रतिनिधि पनि चुनेको थियो | तर पोर्चुगलको निर्णय केन्द्रले बदर गरिदियो |रानाभाट पक्षको भेलाले क्रियाशील सदस्यको भेलाले महासमिति सदस्यमा मुक्तिनारायण श्रेष्ठ, खेमराज रानाभाट र राज कुमार गौतमलाई चयन गरेको थियो भने समितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा स्वत : पदेन महाधिवेशन प्रतिनिधि रहने हुदाँ अन्य तीन जना महाधिवेशन प्रतिनिधिमा धन बहादुर बयालकोटी, शिव प्रसाद अधिकारी र डियर लोहनीलाई छनौट गरेको थियो ।
त्यस्तै गरेर विगतमा चयन भयको समितिलाई ‘अमान्य’ र ‘विधान र केन्द्रको विपरित’ भयको हवाला दिदै जानकी गुरुंगको समहूले महासमिति सदस्य र प्रतिनिधि चयन गरेर गयका थिय | केन्द्रले वैधानिक मानेको समितिमा सबै क्रियासिल सदस्य तथा बेल्जियम कांग्रेसमा कटिबद्ध भयका पुराना र अग्रसर हरुलाई लत्यायर अगाडी बढेको आरोप गुरुङको समुहले लगायको थियो | बदर समुहमा चयन भयका नया अनुहार हरुमा उल्का घिमिरे,धुर्ब पौडेल,जानकी गुरुङ ,घनश्याम शाही लगायत रहेका थिय | यो समुहले फर्जी हस्ताक्षर बनाएर २५० क्रियाशील आफ्नो पक्षमा छन् भनेर बुझायको केन्द्रका नेता लाई भ्रम फैलाएको बुझियको छ |
उता विवाद रहेको बेलायतको जनसम्पर्क समितिले भने मान्यता पायको छ | दुवै समुहबाट केन्द्रले प्रतिनिधि छानेको छ | जसमा पार्टीको निर्वाचन समितिका अनुसार मान्यता पाउनेमा लोक गुरुङ, विश्वआर्दश पण्डित, युवराज गुरुङ, विजन भट्ट, विज्ञान प्रसाई, युवराज सिंह र महेश दाहाल छन् ।
अब महाधिवेसन समाप्ति संगै बेल्जियम र पोर्चुगलमा जन सम्पर्क समितिका असन्तुस्ट पक्ष मानिने समुहहरु मिलेर जाने हुन् या आफ्नै ढंगबाट अगाडी बढ्ने हुन् त्यो चाही हेर्न बाकि नै रहेको छ |
यो पनि पढ्नुस
१३औ महाधिवेसन:जन सम्पर्क समिति पोर्चुगल फुट्यो,महाधिवेसनमा जानेको संख्या १३ पुग्यो
जनसम्पर्क समिति पोर्चुगलमा महाधिवेशन प्रतिनिधि छनौटमा तीब्र विवाद
१३औ महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य चयनलाई लियर जन सम्पर्क समिति बेल्जियम पुन विवादमा