घरेलु महासघको अध्यक्षमा कसौधन

घरेलु महासघको अध्यक्षमा कसौधन

12832331_1110920578958049_56116506641908651_nबुटवल चैत्र । नेपाल घरेलु तथा सना उद्योग महासंघ रुपन्देहीमा नयां नेतृत्व चयन भएको छ ।
संघको आठौ जिल्ला अधिवशेनबाट कन्हैयालाल कसौधनको अध्यक्षतामा नयां नेतृत्व सर्बसम्मत रुपमा चयन भएको हो । जसको बरिष्ठ उपाध्यक्षमा धुव्र कुमार धिताल, उपाध्यक्षमा छवि काफ्ले, सचिवमा टंकनाथ अधिकारी, कोषाध्यक्षमा शिव प्रसाद न्यौपाने रहनु भएको छ ।
त्यसैगरि महासंघको सदस्यहरुमा नवराज पंगेनी,राम प्रसाद खनाल, शिव प्रसाद पाठक, विजय पोख्रेल, विष्णु रेग्मी, राजेश मल्ल, कृष्ण प्रसाई,हिरामणी रिजाल र अनिता अधिकारी रहनु भएको छ । सोहि अधिवेशनबाट मञ्जु भुषालको अध्यक्षतामा जिल्ला महिला समिति पनि गठन भएको छ । जसको उपाध्यक्षमा विष्णु थापा क्षेत्री, सचिवमा सिता अर्याल, कोषाध्यक्षमा मनु न्यौपाने, सहसचिवमा सुधा श्रेष्ठ रहनु भएको छ । त्यसै गरि सदस्यहरुमा तारा केसी, जुना राना, जीपकला क्षेत्री, शान्ता पोख्रेल, रश्मी श्रेष्ठ, लोकमाया थापा रहनु भएको छ । त्यसैगरि केन्द्रिय प्रतिनिधिहरुमा नेत्र प्रसाद पाठक, सुर्यकुमार श्रैष्ठ, कृष्ण वहादुर गौतम, अमृता गाहा,शान्ता शर्मा, सुलोचना नेपाल, सुनिता इश्वरपाला र पार्वती अधिकारी चयन हुनु भएको निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीले बताउनु भयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •