एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा

646

एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा

slc-examभक्तपुर । परिक्षा नियान्त्रण कार्यलय सानोठिमी भक्तपूरले यस वर्षको एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाको सम्पूर्ण तयारी पुरा भएको भन्दै परिक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताए ।

यस वर्षको एसएलसी परिक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागि हुने परिक्षा नियन्त्रण कार्यलयले जनाकारी दिएको छ । परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एकजाम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् ।

यस वर्षको परीक्षाका लागि देशभर एक हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ ।

परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।

यस वर्षको परीक्षाको नतिजा अक्षराङ्क विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ ।