सुर्यपुरामा स्वास्थ्यकर्मी संघको भेला

638

सुर्यपुरामा स्वास्थ्यकर्मी संघको भेला

healthबुटवल । नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीले रुपन्देहीको क्षेत्र नं. ५को सुर्यपुरामा क्षत्रीय सभा गरेको छ ।
संघले स्वास्थ्य क्षेत्रका समस्या समेट्नेगरी जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला गरिरहेको छ । सो भेलामा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले स्वास्थ्य कर्मीका समस्या समाधानका लागि नेपाली कांग्रेसले आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकाले स्वास्थ्यमा देखिएका समस्या समाधानकालागि सरकारलाई प्रतिवद्ध बन्न पनि आग्रह गर्नुभयो ।
क्षत्र नं. ५ का क्षेत्रीय संयोजक राजेन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएका कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान, जिल्ला सदस्य सुनिल मरासिनी, नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीका अध्यक्ष विश्वबन्दु विनयी, अफिन नेपालका अञ्चल महासचिव मुक्तिराज पौडेल, कांग्रेस सुर्यपुरा गाउँ समितिका सभापति सत्यनारायण पथिक, नेपाल निजामति कर्मचारी युनियन(संघ) रुपन्देहीका सहअध्यक्ष युवराज पाण्डे, केम्सनका बिष्णु भण्डारी, महिला स्वास्थ्य स्वयम सेविका ईलु राना, सुमित्रा बोहोरालगायतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु औल्याउनु भएको थियो ।
संघका जिल्ला सचिव रामप्रसाद ढकालको सञ्चालनमा भएको कार्यक्रममा स्वागत जिल्ला कोषाध्यक्ष धनलाल अर्यालले गर्नुभएको थियो ।