मोवाइल मेलाको तयारी तिब्र

1.3K

मोवाइल मेलाको तयारी तिब्र

mobile melaबुटवल, २४ चैत । बुटवल उद्योग बाणिज्य संघ अन्तर्गतको मोवाइल बस्तुगत समितिले नया बर्ष २०७३ को अवसरमा बैशाख पहिलो साता बुटवलमा आयोजना गर्ने मेवाइल मेलाको तयारी तिब्र पारिएको छ ।
बैशाख ४,५ र ६ गते संघको सभाहलमा आयोजना हुने मेलाको पुर्व तयारीका सम्वन्धमा बुधावार संघ सचिवालयमा संघका पदाधिकारी र मोवाइल समितिका पदाधिकारीहरुबीच समिक्षात्मक बैठक सम्पन्न भएको छ ।
समितिका सभापति एमएल पाण्डेको सभापतित्वमा भएको बैठकमा सभापति पाण्डे, समितिको पदाधिकारीहरु सुरेन्द्र भारी, बिष्णु ज्ञवाली र मनोज लाकौलले अहिलेसम्म भएको तयारीका सम्वन्धमा जानकारी गराउनु भएको थियो ।
तयारीका क्रममा नेपालमा भित्रिएका सबै ब्राण्डका मोवाइल कम्पनीका मोवाइलहरु राखिने र नेपाल टेलिकम, एनसेल र स्मार्टका सीम कार्ड, नेट कम्पनीको नेटका स्टलहरु रहने निश्चित भएको र मोवाइलको प्रयोगका सम्वन्धमा चेतनामुलक कार्यक्रम समेत आयोजना गरिने जानकारी गराइएको थियो ।
संघका अध्यक्ष महेसमान सिंहले संघको संरक्षकत्वमा हुने मेलाको सफलताका लागि संघले हरेक प्रकारले सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, बाणिज्य उपाध्यक्ष उज्ज्वल कसजु, महासचिव हरी अर्याल, कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, सचिव कमल पौडेल, सदस्य नरिश्वर पौडेलले काठमाण्डौ बाहिर पहिलो पटक आयोजना गर्न लागिएको मेला तथा बुटवलमा काठमाण्डौ बाहिर बिशिष्टिकृत मेलाहरुको निरन्तर आयोजनाले पनि बुटवलको व्यवसायिक स्तर बढ्दै गएको बताउनु भयो ।
समितिले मेलाको व्यवस्थापनका लागि सभापति पाण्डे संयोजक र बिनोद पाण्डे सहसंयोजक रहेको तयारी समिति पनि गठन गरेको छ ।
त्यस्तै मनोज लाकौलको संयोजकत्वमा अर्थ, रबि भट्टराइको संयोजकत्वमा परिचय पत्र, बिष्णु ज्ञवालीको संयोजकत्वमा प्रचार, सकुन्तला पोख्रेलको संयोजकत्वमा उदघाटन, तिर्थ पंगेनीको संयोजकत्वमा स्टल निर्माण, हरि रेग्मीको संयोजकत्वमा पार्किग,ं राजु न्यौपानेको संयोजकत्वमा छपाई, प्रदीपमान सैजुको संयोजकत्वमा समापन र संघका बाणिज्य उपाध्यक्ष उज्ज्वल कसजुको संयोजकत्वमा मुल्याकंन उप समिति गठन गरिएको छ ।