बजारमा डण्डीको कृतिम अभाव

834

बजारमा डण्डीको कृतिम अभाव

logoबुटवल । १५ दिन अंगाडी ६५ रुपैंया प्रति किलो रहेको छडको मुल्य एकाएक १० देखि १२ रुपैंया बृद्धि भएको छ भने बजारमा अभाव सिर्जना भएको व्यापारीहरु बताउँछन् । आर्थिक वर्षको अन्त्यतिर आउन लाग्दा निर्माणको काम पनि बढी हुने र त्यसैको फाईदा उठाउनकालागि उद्योगहरुले नै कृतिम अभाव सिर्जना गरेको कतिपयको भनाई छ । डण्डी उद्योगहरुमा कच्चा पदार्थको पनि अभाव नभएको र डण्डी भएर पनि उद्योगबाटै कृतिम रुपमा अभाव सिर्जना गरेको कतिपय व्यापारी बताउँछन् । तर त्यसैको फाईदा उठाउँदै बजारमा कालोबजारी सुरु भएको छ । १५ दिन अंगाडीसम्म ६५ रुपैंया देखि ६७ रुपैंया सम्ममा पाईने छडको अहिले ७७ रुपैंया सम्ममा कारोवार भएको पाईएको छ ।
छिमेकी मुलुक भारतमा पनि अहिले डण्डीको मुल्यमा कुनै उतारचढाव आएको छैन भने डलरको भाउमा पनि कुनै उतार चढाव आएको छैन । भारतीय बजार र डलरको भाउमा केही रुपमा निर्भर रहने छड नेपालमा एकाएक अभाव सिर्जना भएपछि व्यापारी व्यबसायी समस्यामा परेका छन् ।
बजारमा डण्डीको अभाव भएपछि रुपन्देही हार्ड वयेर व्यबसायी समितिले बजारमा डण्डी अभाव भएको भन्दै बजारमा भएको डण्डीको अभाव तुरुन्त अन्त्य गर्न माग गरेको छ । संघले शनिबार एक बिज्ञप्ती प्रकासित गरि कुनै पनि बहानामा निर्माणको समयमा बजारमा डण्डी अभाव गर्न नपाईने बताउँदै उद्योगीहरुले बजारमा तत्काल व्यबस्थापन गर्न माग गरिएको हो । संघका अध्यक्ष सुनिल मरासिनीद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ–‘बजारमा निर्माण सामाग्रि अभाव हुँदा निर्माणको काम अवरुद्ध हुन्छ, निर्माणको काम अवरुद्ध हुने गरी कृतिम रुपमा सामान अभाव गर्ने काम राम्रो होईन ।’