निशान एक्सचेन्ज पर्दशनी

1.3K

निशान एक्सचेन्ज पर्दशनी

बुटवल । रुपन्देहीको मणिग्राममा निशान एक्सचेन्ज पर्दशनी लागेको छ । मणिग्रामको ड्रिमल्याड रिसोर्टमा राखिएको पर्दशनीमा जापानीज कम्पनी निशास मोटरद्वारा उत्पादीत विभिन्न कम्पनीका गाडिहरु मेलामा राखिएको छ । निशानको आधिकृत विक्रेता दुगड ब्रदर्श एण्ड सन्सको बुटवलमा रहेको सब डिलर हाईवे अटोभिल्ला प्रालिको सहकार्यमा मेला लागेको हो । मेलामा निशान कम्पनीका एक्सट्रेल, पेट्रोल जीप, नभारा पिकअप, सन्नी, माईक्रो उर्भान मिनीबस लगायतका गाडिहरु पदर्शनीमा राखिएको अटोभिल्लाका प्रवन्ध निर्देशक दिपक श्रेष्ठले जानकारी दिनुभयो । प्रदर्शनीमा जुनसुकै कम्पनीका चारपाङ्गे गाडिसँग निशान कम्पनीका गाडिहरु एक्सचेन्ज गर्न सकिने उहाँले बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रमा निशान गाडिको माग बढेकाले सवारी धनीहरलाई सहज होस भनेर प्रदर्शनी अवधिभरी ७ प्रतिशत ब्याजदरमा बैंक सुविधा समेत दिइएको दुगडका प्रवन्ध निर्देशक शम्भु सुवेदीले जानकारी दिनुभयो । प्रदर्शनीमा १५ देखि २० वटा सानाठुला गाडि बेच्ने लक्ष्य राखेको कम्पनीले आफ्ना ब्राण्डका गाडि २८ लाखदेखि डेढ करोडसम्म पर्ने जनाएको छ । शुक्रबारदेखि सुरु भएको निशान प्रदर्शनी २९ गतेसम्म जारी रहने छ ।
यस्तै फोर्स मोटरस् कम्पनीले स्कुलका लागि ट्राभलर २५ मोडलको गाडि बजारमा ल्याएको छ । उक्त मोडलको गाडिको शनिबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले मणिग्राममा शुभारम्भ गर्नुभयो । शुभारम्भ कार्यक्रममा यातायात ब्यवस्था कार्यालय बुटवलका प्रमुख देवीलाल भण्डारी, सिद्धार्थ यायायात समितिका अध्यक्ष सुर्यकुमार सारु लगायतले बोल्नु भएको थियो । मालबहाक र यात्रुबहाक फोर्स कम्पनीका गाडि विक्रि गर्दै आएको सिद्धार्थ विश्वज्योति मल्टीप्रपोज प्रालिले नौदेखि २४ सीट क्षमताको उक्त गाडि बजारमा ल्याएको प्रालिका प्रवन्धक प्रदिप भारीले जानकारी दिनुभयो ।