अस्तित्व मेटाउदै एन आर एन पोर्चुगल :पदाधिकारीहरुको लाजमर्दो व्यवहार

691

अस्तित्व मेटाउदै एन आर एन पोर्चुगल :पदाधिकारीहरुको लाजमर्दो व्यवहार

ब्रसेल्स /बेल्जियम

“NRNA पोर्चुगल कानुन अनुसार पोर्चुगल र नेपालमा बिधिबत दर्ता भएर स्वयमसेवी रुपमा काम गर्दै आएको संस्था हो। संस्थाले आफ्नो आय-ब्यय बिधान अनुसार साधारण-सभा र अधिवेशनमा सदश्यहरु समक्ष पेस गर्ने गर्दछ। केही अनलाइनमा प्रकासित समाचारमा जस्तो संस्था भित्र कुनै मनमुटाव, लुछाचुडी नभएको तथा सम्पूर्ण आम्दानी खर्चका विवरण तथा प्रमाणहरु संस्थामा सुरक्षित रहेको जानकारी गराउदै त्यस्ता कपोलकल्पित समाचारको खन्डन गर्दै हाम्रो स्वयमसेवी अभियानलाई सदा झै निरन्तर साथ, सहयोग र सुझाबको हार्दिक अपेक्षा गर्दछु।”

माथिको अंस गैर आवासीय नेपाली संघ पोर्चुगलका अधक्ष्य भिम केसी र एन आर एन पोर्चुगलले आर्थिक चलखेल बारे सामाजिक संजालमा दियको स्पस्टीकरण को एउटा उदारहण हो | यो अंसले अधक्ष्य केसीको मात्रै होइन एन आर एन पोर्चुगलको भित्रि आक्रोस र अनियमिततालाइ अझ शशक्त रुपमा सबै सामु छर्लंग पार्ने काम गरेको छ | एन आर एन पोर्चुगल आफना क्रियाकलापमा कति पारदर्शी र इमान्दार छ भन्ने कुराको ठोस प्रमाण पनि केसीको स्पस्टिकरणले देखायको छ |

एन आर एन सबै नेपालीहरुको साझा सस्था भैसकेपछि सबै नेपालीले सस्थाको आर्थिक पारदर्शिता खोज्ने उनीहरुको अधिकार हुन् आउदछ | सस्थाले बिधान नियम अनुसार त्यो सूचना जानकारी दिनु उसको कर्तब्य हुन् आउदछ | तर एन आर एन पोर्चुगलले सूचना दिनु त् कहा हो कहा बरु उल्टै पेलेर जाने रणनीति बनायको छ | जसले गर्दा त्यसभित्र रहेका पदाधिकारी र सदस्यहरुको शाखमा हिलो छ्याप्ने काम गरेको छ | जुन निकै लज्जास्पद देखिन्छ |

समस्या नै समस्या
पोर्चुगलका कथित समाजसेवीको आधार मान्ने हो भने करिबन २० हजार नेपालीहरुको बसोबास रहेको छ | तर पोर्चुगल सरकारको सरकारी तथ्यांक अनुअर अहिले त्यहा बस्ने नेपालीहरुको संख्या भनेको ४ हजार बेसी रहेको छ | संख्या जुनसुकै भयातापानी पोर्चुगल बस्ने नेपालीहरुका समस्या ज्युका त्यु रहेका छन | एन आर एन पदाधिकारी बाट नै नेपालिहरु शोषित पिडित रहेका छन | जसको पछिल्लो उदारहण एम आर पी काण्ड र कृषिमा काम गर्ने नेपाली कामदार नै रहेका छन |

केहि समय अघि एम आर पी काण्डले एन आर एन पोर्चुगलको निद हराम बनायको थियो | केहि व्यक्तिहरुले गुण्ड गर्दी सैलिमा रमेश राज बास्तोला माथि धम्की दिन सम्म पछि परेनन् | तर एन आर एन अधक्ष्य केसी ले यो सस्थागत नभयको भन्दै आफै कार्टुन बन्ने काम गरे | एन आर एन पोर्चुगलका प्रवक्ता रहेका हेमराज सुबेदीले सामाजिक संजालमा भएको कुराकानी ले पोर्तुगल मा रहेका सार्वजनिक र सामाजिक सस्था को भबिस्य माथि नै प्रस्न चिन्ह खडा गरिदिएको छ | सुबेदीले निच र घिर्णित शब्द प्रयोग गरेर आफ्नो पदको इज्जत दाउमा राख्ने काम गरे | यसबारेमा एन आर एन पोर्चुगल उनको व्यक्तिगत कुरा भन्दै पन्छिने काम गर्यो | तिनै सुबेदीले नै कुनै एक नेपाली महिलाको रकम खाइदियको समाचार आयो तर एन आर एन पोर्चुगल कानमा तेल हालेर नै बस्ने काम गर्यो |

के एन आर एन पोर्चुगलको स्तर यहि हो त्?कमसेकम नैतिकताको आधारमा कारबाही गर्नुपर्छ कि पर्दैन?सामाजिक संजालमा स्पस्टिकरण दिन सक्ने अधक्ष्य केसीले कारवाहीको दायरामा किन ल्याउन सक्दैनन् ?किन सबै कुरा गुपचुप राख्न खोजिरहेका छन? यदि यस्तै हो भने एन आर एन पोर्चुगलका सबै पदाधिकारीले काम गर्न नसक्ने भन्दै सस्था बाहिर बस्दा नै उनीहरुको लागि उचित र जायज देखिन्छ |

दलालीमा ब्यस्त छन पदाधिकारी

एन आर एन पोर्चुगलका केहि व्यक्तिले नेपालका म्यानपावर संग मिलेर नेपाली कामदार पोर्चुगल सम्म ल्याई पुरायको खबर बाहिर आयको थियो | उनीहरुले १० देखि १२ लाख सम्म तिरेर आयको बतायका थिय | उनीहरु धेरै बाग्लुंग र पर्वतका रहेको पनि खुल्नमा आयको थियो | अहिले ति नेपाली आयका उक्त म्यानपावर र मोटो रकम लियर ल्याउने विरुद्ध नेपालका विभिन्न निकायमा उजुरी समेत परेको छ | तिनै ब्यक्तिहरु अहिले सामाजसेवाको खोल ओढेर खोक्रो भाषण र खादामा सिमित रहेका छन | पोर्चुगलमा आफ्नो कालो अनुहारलाइ सेतो बनाउनको लागि कथित समाजसेवी बनेर अगाडी निस्कनेको जमात पनि कमि छैन |यो मात्रै होइन एन आर एन का केहि पदाधिकारीहरु बाट नेपाली महिलाहरु पिडित शोषित रहेको कुरा पनि बाहिर आयको थियो | तर एन आर एन पोर्चुगल यी सबै समस्यालाई देखेर जानेर पनि समाधान तर्फ लाग्न नखोज्नुले उसको अस्तित्त्व माथि थप प्रश्न खादा गरेको छ |

एन आर एन र छानबिन कमिटि

nrn po
गैर आवासीय नेपाली संघ (एन आर एन) सबै नेपालीहरुको साझा सस्था रहेको छ | यस भित्र राम्रा भन्दा पनि खराब पत्रहरुको वृद्दि हुदै जानु पक्का पनि राम्रो हुदै होइन | यो प्रबृत्ति पोर्चुगल मात्रै होइन युरोप भित्र रहेका सबै देशका एन आर एन र खाडी मुलकहरु दुबई कतार मलेसिया जहातही उस्तै बिकराल रुपमा रहेको छ | एन आर एनकै पदाधिकारी बाट नेपालि ठगियका पिडित भयका घटनाहरु बाहिर आयका छन | राहत पाउनुको सट्टा उल्टै सोषित देखिन्छन | के एन आर एनको मूल मर्म यहि हो ? यी सबै कार्यहरुले एन आर एनको शाख दिन प्रतिदिन गिर्दै गैरहेको प्रस्ट भैरहेको छ |

एन आर एन भित्र गठित अनुशासन कमिटीले आयका निवेदन माथि निस्पक्ष ढंगले छानबिन गर्नुपर्ने हुन्छ | कसैको दबाबमा नपरिकन शिघ्र छानबिन गर्न सकेन भने यस्ता कार्यहरुले थप प्रसय पाउदै जानेछन | आफ्नो इज्जत लाइ जोगाउन केहि थिति बसाल्न महत्पूर्ण रहेको छ |
अर्कोतर्फ एन आर एनले पिडित नेपालीहरुका समस्यालाई समाधान गर्न सकिरहेको छैन | बिभिन्न देशहरुमा भयका एन आर एनमा आउने गुनासा हरुको कुनै निचोड निकाल्न सकिरहेको देखिदैन | यसमा त्यस देशमा रहेका रास्ट्रिय समितिहरुको पनि कमजोरी देखिन्छ | रास्ट्रिय समितिले के कति ढंगले निस्पक्ष रुपले काम गरिरहेको छ भन्ने लेखाजोखा केन्द्रले गर्नुपर्ने हुन्छ | केन्द्र भित्रकै कतिपय पदाधिकारीहरु प्रति उनीहरुको ब्यबहारको कारण आम नेपालीहरुले अविस्वासको रुपले हेर्ने गरेका छन | यसको मुल्यांकन कसले गर्ने ?अनुशासन कमिटि अर्थात् पुरै कमिटीले? एन आर एनले बेलैमा सोचोस् | होइन भने एन आर एन भित्र भयका खराब पात्रहरुले कुनैदिन एन आर ऐनलाई भस्म बनाईदिन बेर लाग्ने छैन |

अन्तमा ,एन आर ऐनलाई मजबुत र इज्जतदारिलो बनाउनको लागि सुरुवात रास्ट्रिय समिति बाटै गर्नुपर्छ | रास्ट्रिय समितिमा स्वच्छ छबि भयकालाई अघि सार्नुपर्छ जसले गर्दा समाजमा दुर्गन्धित ब्यक्तिहरु अगाडी सर्न पाउदैनन | सोहि क्रममा केन्द्र सम्म समेत यसको असर देखा पर्नेछ | केन्द्रमा जानेहरुलाई कुनै दलाली मानव ओसार पसार ठगिकाण्ड तथा अन्य आरोप लागेको नहोस | जसले गर्दा एन आर एन लाइ सबै नेपालीहरुले आफ्नो सस्था भन्ने अनुभूति गर्न पाउनेछन | यसतर्फ एन आर एन कमिटि र विशेष गरेर एन आर एन अनुशासन कमिटीले विशेष चासोका साथ कार्य गर्नु जरुरी रहेको छ | बेलैमा ध्यान जाओस !

यो पनि पढ़नुस

एन आर एन पोर्चुगलको काइते विज्ञप्ति ,कता गयो पोस्टल चार्जको रकम?

एन आर एन पोर्चुगल :थिति नभयका पदाधिकारी,एन आर एनको मर्यादा –

https://www.lumbinionline.com/nrn-2/