रेन्बुकाइमा कराते सङ्घमा लामा निर्विरोध

1.3K

रेन्बुकाइमा कराते सङ्घमा लामा निर्विरोध

काठमाडौँ, ८ असार । नेपाल रेन्बुकाइ कराते डो सङ्घको दोस्रो साधारणसभाले रेशमलाल लामा (तामाङ)को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

आज बसेको कार्यसमितिको बैठकले प्रेमलाल बोम्जनलाई सहअध्यक्ष, कमलराज लामालाई वरिष्ठ उपाध्यक्ष, शिवबहादुर बस्नेतलाई उपाध्यक्ष, बुद्धवीर लामालाई महासचिव, डिलकुमारी नेपाललाई सचिव तथा सुस्मिता गुरुङलाई कोषाध्यक्षको जिम्मेवारी तोकेको छ । त्यस्तै युद्ध लामा, रमेश तामाङ, दशरथ चन्द, रामप्रसाद खनाल, शेशुका राई तथा हीरादेवी राई सदस्यमा चयन भए ।

त्यसैगरी, अनिता परियार र गणेश विक उपाध्यक्ष तथा गोविन्दकुमार महर, पेमा तामाङ, तिलक भण्डारी, जितकुमारी घर्तीमगर र आशिष आलेमगर सदस्यमा मनोनित भएको नवनिर्वाचित सङ्घले जनाएको छ । अध्यक्ष लामा अघिल्लो कार्यसमितिमा महासचिव हुनुहुन्थ्यो ।

एनएनएमजिसीमा कार्की

नेपाल नेसनल मार्सल आर्ट गेम्स कन्फेडेरेसन (एनएनएमजिसी)को अध्यक्षमा प्रवीणकुमार कार्की निर्विरोध चयन हुनुभएको छ ।

कन्फडेरेसनको आज बसेको दोस्रो साधारणसभाले कार्कीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन ग¥यो । त्यस्तै उपाध्यक्षमा अन्जन धमला, कल्पदीप राई र दीपक श्रेष्ठ, महासचिवमा दिनेश शर्मा, सचिवमा सन्जु महर्जन र विजय श्रेष्ठ तथा कोषाध्यक्षमा मनोज खड्का रहेका छन् ।

सदस्यहरुमा देवजङ्ग पण्डित, प्रेमबहादुर कोइराला, प्रकाशबाबु थापा, सन्तोष श्रेष्ठ, केशवकृष्ण डङ्गोल, अर्जुनबाबु श्रेष्ठ, कृष्णबहादुर रावत, सुनिता घिमिरे तथा लीलाप्रसाद काफ्ले छन् ।