महासघ रुपन्देहीद्धारा नवनिर्वाचित उद्योगीहरुलाई सम्मान
बुटवल, १८ असार । साना तथा सझौला उद्योगहरुको विकास विना नेपालले आर्थिक समृद्धिको ढोका खोल्न नसक्ने नेपाल घरेलु तथा सना उद्योग महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीले बताउनु भएको छ । उहांले नेपालको भौगोलिक संरचना र पारवहन अवस्थाका कारण पनि तत्काल धेरै ठुला ठुला उद्योगहरुको संभवना नरहेको भन्दै स सना उद्योगहरुको विकास वाटै नै नेपालले आर्थिक बृद्धिको बाटो समात्ने जिकिर गर्नु भयो ।
महासघकामा भर्खरै निर्वाचित केन्द्रिय तथा प्रदेशिक पदाधिकारी सदस्यहरुको स्वागत सम्मानका लागि महासंघ रुपन्देहीले अयोजना गरेको कार्यक्रममा धारणा राख्दै उहांले यस्तो बताउनु भएको हो । उहांले महासंघले अन्य सहयात्री संघ संगठनहरुसंग सहकार्य गरेर नेपालका उद्योगी व्यवसायीहरुको निति गत र परम्परागत दृष्टिकोण परिर्वतनका लागि काम गर्ने बताउनु भयो ।
उहांले स्वदेशी उत्पादनलाई प्रत्सान गर्ने खालका निति निमार्णका लागि सरकारललाई दवाव दिने काम भैरहेको भन्दै सार्वनिक भएको आगामी आर्थिक बर्षको बजेट अपेक्षाकृति उद्योगी व्यवसायीहरुको पक्षमा हाउन नसकेको टिप्पणी पनि गर्नु भयो ।
नेपाल घरेलु तथा सना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख उद्योग अधिकृति दण्डपानी भुषाल,महास.घका प्रदेश न ५ का संयोजक नेत्र पाठक, सोहि प्रदेशका महिला उद्यामी संयोजक शान्ती शर्मा,रुपन्देही उद्योग संघका कार्यावहाक अध्यक्ष गणेश अधिकारी, तिलोत्तामा व्यापार संघका अध्यक्ष जेपी कण्डेल, तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद बस्याल, महासघका महिला उद्यमी सभापती मञ्जु भुषाल, वरिष्ठ उपाध्यक्ष धुब्र कुमार धिताल, सचिव टंकनाथ अधिकारी लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा केन्द्रिय गिरि,केन्द्रिय सहकोषाध्यक्ष शंकर आचार्य, पांच नं प्रदेशका संयोजक नेत्र पाठक, महिला संयोजक शान्ती शर्मा लगायत प्रदेशका सबै सदस्य तथा पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।