व्यूटिसियन संघको वार्षिक उत्सवमा रचनात्मक कार्यक्रम

433

व्यूटिसियन संघको वार्षिक उत्सवमा रचनात्मक कार्यक्रम

beauty

बुटवल, १८ असार । नेपाल व्यूटिसियन संघ रुपन्देहीको नवौ वार्षिक उत्सवमा विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ । संघले वार्षिक उत्सवका अवसरमा रक्तदान, प्रमाणपत्र वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण दलका पुर्व अध्यक्ष महेन्द्र यादवले महिलाहरुलाई हक अधिकार र अवसरको खांचो रहेको बताउनु भयो । उहांले कांग्रेसले महिलाहरुलाई अवसर र अधिकार दिनका लागि सबै सकारात्मक भुमिका खेलेको भन्दै महिलाहरु पनि आफ्नो क्षमता अधिकृद्धिका लागि निरन्तर क्रियाशिल हुनु पर्ने बताउनु भयो ।
सो अवसरमा बोल्दै व्यूटिसियन संघका केन्द्रीय अध्यक्ष भगवती खड्काले नेपाली कांग्रेसले टे«ड युनियन कर्मीहरुलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको बताउनु भयो । उहांले पार्टीका शुभेच्क्षुक संगठनहरुले गरेको मुल्याकन हुनु पर्ने धारणा राख्नु भयो । उहांले समय परिर्वतनसंगै पेशागत क्षमता अभिबृद्धिका लागि ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा टे«ेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ, संघका केन्द्रीय उपाध्यक्ष शान्ता शर्मा, महासचिव शुशिला गौतम, तरुण दलकाका केन्द्रीय सदस्य चिरञ्जिव जोशी, नेविसंघका केन्द्रीय सदस्य जमुना ढकाल, नेपाली कांग्रेसका नेता हरि वहादुर आचार्य, माया गौतम, मुक्ति पौडेल, भगवती फुयाल, विष्णु थापा, सिता राई गंगा शाही लगायतले बोल्नु भएको थियो ।
जिल्ला अध्यक्ष रजनि कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अनिता केसी र स्वागत केशरी पाण्डेले गर्नु भएको थियो ।  सो अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो ।