सभापति देउवाद्वारा भत्र्सना

1.3K

सभापति देउवाद्वारा भत्र्सना

काठमाडौँ, १८ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बङ्गलादेशको राजधानी ढाकाको गुलशन इलाकामा रहेको एक क्याफेमा शुक्रबार साँझ भएको आतङ्ककारी हमलाको भत्र्सना गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गरी सभापति देउवाले उक्त घटनामा आतङ्कवादीले बन्धक बनाइएका २० जना विदेशी नागरिकको अमानवीय, पाशविक तवरले हत्या गरेको घटनाले सम्पूर्ण विश्वलाई नै शोकविह्वल र स्तब्ध बनाएको बताउनुभएको छ ।

“विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको नेपाली काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ । हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने नेपाली काँग्रेसको स्पष्ट धारणा रहँदै आएको छ”–सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घटनामा परी निधन हुनुभएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सभापति देउवाले दिवङ्गत आत्माको चिर शान्तिको कामना साथै उहाँहरुका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।