रुपन्देहीमा आधिकारीक ट्रेड युनियनले पुर्णता पायो, केन्द्रमा भने अझै अन्योल

824

रुपन्देहीमा आधिकारीक ट्रेड युनियनले पुर्णता पायो, केन्द्रमा भने अझै अन्योल

oooपहिलो वैठकबाट निर्वाचनमा सहयोग गर्ने सबैमा आभार
बुटवल, १९ असार । निजामती कर्मचारीको अधिकारीक ट्रेड युनियन रुपन्देहीले पुर्णता पाएको छ । आधिकारीक ट्रेड युनियन रुपन्देहीमा प्रतिनिधित्व गर्ने निजामती कर्मचारी संगठन र निजामती कर्मचारी युनियन संघले प्रतिनिधि पढाएसंगै पहिलो वैठक समेत सम्पन्न भएको छ । अध्यक्ष राम प्रसाद पन्थीको अध्यक्षतामा बसेको पहिलो बैठकले आधिकारीक ट्रेडयुनियनको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैमा हार्दिक आभार प्रकट गरेको छ । बैठकपछि संस्थाका सचिव भिम वहादुर क्षेत्रीद्धारा जारी विज्ञक्तीमा संस्थाको कार्यालय स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल मार्फत जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्ने निर्णय पनि भएको उल्ल्ेख छ ।
नेपालमा पहिलो पटक कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका लागि निर्वाचन भएको थियो । जस अनुशार रुपन्देहीमा दुई वटा संगठनले मात्र प्रतिनिधित्व गरेका छन् । जसमा पहलिो भएको संगठनबाट अध्यक्षमा पनथी, सचिवमा क्षेत्र,कोषाध्यक्षमा हरि प्रसाद खनाल साथै सदस्यहरुमा रामप्रसाद शर्मा, दुर्गादेवी वोहोरा ररमेश प्रसाद पाण्डे रहनु भएको छ । त्यसैगरि कर्मचारी युनियन संघबाट उपाध्यक्षमा चक्रपानी पाण्डे ,सहसचिवमा शिव प्रसाद पंगेनी तथा सदस्यहरुमा हरि वहादुर विष्ट, भोजराज न्यौपाने, महसुर आलम रहनु भएको छ । जिल्ला जिल्लामा आधिकारीक टे«ड युनियन गठन भएपनि निर्वाचन भएको लामो समय भैसक्दा केन्द्रिय समिति भने अझै बन्न सकेको छौ ।