युरो कपको पहिलो सेमिफाइलनमा पोर्चुगल र वेल्स आमनेसामने

504

युरो कपको पहिलो सेमिफाइलनमा पोर्चुगल र वेल्स आमनेसामने

aaaa

पेरिस, असार ,युरो कपको पहिलो सेमिफाइलनमा पोर्चुगल र वेल्स आमनेसामने हुँदैछन्। जहाँका स्टार खेलाडीहरू क्रिष्टियानो रोनाल्डो र ग्यारेथ वेल बिच एउटा समानता छ । भिन्नता अधिक छन्।

समानता भने यी दुबै खेलाडीहरू व्यवसायिक रूपमा एउटै क्लवबाट प्रतिनिधित्वि गर्छन्। त्यो हो रियल म्याड्रिड।

रियलमा फरक प्लेसमा खेल्ने यी खेलाडीहरुको भेट युरो कप २०१६ मा देशको शानको लागि हुँदैछ। जहाँ रोनाल्डो पोर्चुगललाई २००४ पछि सेमिफाइलनमा पुर्‍याएका छन् भने वेल्स १९५८ को विश्वकपपछि एकैपटक युरोमा सेमिफाइलनमा पुग्ने देश हो।

युरोमा पहिलो पटक छनोट भएको वेल्सले चामात्कारिक खेलमात्रै प्रदर्शन गरिरहेको छैन्। उसले युरोपका हस्ती देशहरूसमेत चूनौति दिँदै सेमिफाइलनमा पुगेको छ। यसमा वेलको भूमिका सबैभन्दा माथि छ । तर, सेमिफाइलनसम्म पुग्नुमा रोनाल्डोको भूमिका भने हंगेरी बाहेकको खेलमा गौण छ। वेलले पहिलो खेलदेखि नै आफ्नौ कौशलमात्रै देखाइरहेका छैनन् । युरोको गोल्डेन बलको दाबेदारसमेत मानिन्छन्।

अहिले उनको चर्चा जति छ, देशको चर्चा पनि उत्तिकै छ । बेल्जियमजस्तो हस्ती देशलाई ३–१ ले पाखा लगाउँदै सेमिफाइलनको चरणमा पुग्ने युरो कपमा डेब्यु देश हो वेल्स। सन् १९५८ मा विश्वकपमा क्वाटरफाइलनसम्म यात्रा तय गरेपछि त्यसपछिका वर्षहरुमा वेल्सले अन्तर्राष्ट्रिय खेलमा आफ्नो चमत्कारिक खेल देखाउन सकेन।

जसको कारण ५८ वर्ष क्वालिफाइङ राउण्डबाटै बाहिरिरह्यो । तर, यसपटक युरो कपमा २४ देश पुर्‍याएसँगै वेल्सको पुनरागमनले एक खालको तरंग पैदा गरिरहेको छ।

त्यसमा ग्यारेथ वेलको भूमिका अतुलनीय छ। ग्यारेथ जो रियल म्याड्रिडबाट व्यावसायिक खेल खेलिरहेका छन्। विंन्गर खेलाडी ग्यारेथको खेल कौशलको अहिले निक्कै चर्चा छ। पहिलो खेलदेखि नै आर्कषक फ्रिकिक हान्दै चर्चामा चुलिएका ग्यारेथले क्वाटरफाइलनसम्म आइपुग्दा हरेक पटक गोल गर्न सफल बने।

तर, सेमिफाइनलमा आइपुग्नको लागि उनको भूमिका प्रशंशायोग्य रह्यो। २००५ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको ग्यारेथले साउथ ह्याम्पटनबाट व्यवसायिक खेलको सुरुवात गरेका थिए । त्यस बेला उनी लेफ्ट ब्याकमा रहेर खेल्थे। २००७ बाट ट्योटनह्यामदेखि व्यवसायिक खेल्ने ग्यारेथले २०१३ बाट रियलमा प्रवेश पाएका हुन्। निक्कै महंगो खेलाडीको रुपमा प्रवेश गरेका ग्यारेथ र अहिले रियल म्याड्रिडबाटै व्यवसायिक खेल्ने पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो बिचको ‘कम्बिनेसन’ निक्कै लोभलाग्दो मानिन्छ ।

रोनाल्डो फरवार्ड हुन् भने उनी विंन्गर। मैदानको साइडलाइनबाट गोल कुदाउने उनको क्षमताको निक्कै प्रशंसा हुने गर्छ युरोपमा। त्यसैले त यी दुईले भर्खरै युरोपियन च्याम्पियनसीप जिते। तर, अहिले दुई देशका फुटबलरहरु एक अर्काका प्रतिद्धन्द्धी भएर मैदानमा प्रवेश गर्दै छन्। युरो २०१६ को सेमिफाइलनमा भिडन्त हुँदै छ ग्यारेथ भरसेज रोनाल्डो। रोनाल्डोको लागि चिरपरिचित खेलाडी हुन् ग्यारेथ भने ग्यारेथको लागि पनि उत्तिकै चिरपरिचित हुन् रोनाल्डो ।

दुबैलाई दुबैको खुवी बारे राम्रोसँग ज्ञान छ। त्यसैले यी दुईले आफ्नो देशको लागि उत्तिकै योगदान दिने छन् त्यसमा शंका छैन्। तर, युरोमा यहाँसम्म आइपुगेको पोर्चुगल भने रोनाल्डोको कारण होइन, उनी सहायक मात्रै बनिरहेका छन्, निर्णायक होइनन्। समूह चरणदेखि सेमिफाइलनसम्म आइपुग्दा पोर्चुगलका लागि अन्य खेलाडीहरु नै हावी भएका छन्।

रोनाल्डोले समूह चरणको अन्तिम खेल हंगेरीसामू मात्रै आफ्नो खुवी प्रदर्शन गरेका थिए । तीनपटकको फिफा बेलुन डि’ओर खेलाडी रोनाल्डोले १९९९ देखि स्पोटिङ सिपी क्लवबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए ।

उनले १८ वर्षको उमेरदेखि २००३ मा म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक खेल जीवन सुरु गरेका हुन् । त्यहाँबाट सुरु भएको उनको यात्रा ३१ वर्ष पुग्दासमेत रोकिएको छैन्।

२००९ देखि रियल म्याड्रिडमा डेब्यु गरेका उनले हालसम्म ५० अन्तर्राष्ट्रिय गोल गरेका छन् । देशका लागि ६० गोल गरिसकेका छन् । रियलका लागि मात्रै उनले ३६४ गोल गरिसकेका छन् । उमेरको हिसावले पनि र खेल कौशलको हिसावले पनि निक्कै खारिएका रोनाल्डोको लागि सेमिफाइलन खेल केही सहज हुन सक्छ ।

तर, वेल्सको अहिलेसम्मको प्रदर्शनलाई आधार मान्ने हो भने रोनाल्डोको लागि चुनौति पनि उत्तिकै बन्न सक्ने देखिन्छ। त्यसो त, क्लव खेलमा ग्यारेथले पनि हालसम्म ११८ गोल गरिसकेका छन् । रियलबाट मात्रै ५८ गोल गरेका उनले ५० वटा अन्तर्राष्ट्रिय खेलबाट २२ गोल गरेर ग्यारेथले आफ्नो उचाईलाई स्थापित गरेका छन् । वेल्समा उनी मात्रै यस्ता भरपर्दा खेलाडी हुन् जसबाट मात्रै धेरै भन्दा धेरै अपेक्षा गरिएको छ ।

व्यावस्थापक, प्रशिक्षक उनीमाथि निर्भर छन् । तर, पोर्चुगलमा रोनाल्डोको अलवा स्टार खेलाडीहरु छन् । रियलबाटै व्यवसायिक खेल्ने रक्षापंक्तिका पेपे, टर्कीको क्लवबाट व्यवसायिक खेल खेल्ने नानी, बार्यन म्युनिखबाट व्यवसायिक खेल्ने सबैभन्दा कान्छा खेलाडी रेनाटो सान्चेज पनि उत्तिकै भरपर्दा छन् । जसले गर्दा पोर्चुगललाई ‘एडभान्स’ हुन सक्छ ।