ग्रिजम्यान युरोकपको उत्कृष्ट खेलाडी

1.1K

ग्रिजम्यान युरोकपको उत्कृष्ट खेलाडी

antoniफ्रान्स, २८ असार । युनियन अफ युरोपियन फुटबल एसोसिएसनले सोमबार फ्रान्सेली अग्रपङ्तिका खेलाडी एन्टोनी ग्रिजम्यानलाई युरोकप–२०१६ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ ।

आयोजक राष्ट्र फ्रान्स युरोकपको उपाधिका लागि भएको खेलमा पोर्चुगलसँग १–० ले पराजित भए पनि ग्रिजम्यानले प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ताका रुपमा आफूलाई उभ्याउन सफल हुनुभएको थियो ।

एसोसिएसनका प्रमुख प्राविधिक अधिकृतका अनुसार ग्रिजमयान खेलेको हरेक खेलमा विपक्षीमाझ चुनौती बनेका थिए ।

ग्रिजमयानलाई आफ्नो समूह र प्रतियोगितालाई सफल पार्न कडा मेहनत, दूरदृष्टि र खेल कला प्रदर्शन गर्नसक्ने खेलाडी भएको निष्कर्षका साथ युरोकप–२०१६ को सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिएको उहाँले बताउनुभयो । रासस÷एएफपी