बुटवलबाट छुटेको बस भारतमा दुर्घटना, पाँच नेपालीको मृत्यु

555

बुटवलबाट छुटेको बस भारतमा दुर्घटना, पाँच नेपालीको मृत्यु

bus accident

बुटवल, २८ असार । बुटवलबाट दिल्लीतर्फ गएको बस भारतको उत्तर प्रदेशको बहाराईचमा दुर्घटना हुदा ५ जना नेपालीको मृत्यु भएको छ ।

३ जना गम्भीर घाइते भएका छन् । बुटवलबाट दिल्लीका लागि छुटेको ना ४ ख ७६८५ नम्बरको बसलाई विपरीत दिशाबाट आएको युपी ३२ के १२७२ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट मृत्यु भएका मध्ये बस चालक ३२ वर्षे खुमबहादुर सारु र बुटवलको एडभेन्चर टुर एण्ड ट्राभल्सका संचालक धनप्रसाद लम्सालको मात्रै सनाखत भएको छ ।

पश्चिम नेपाल बस व्यवसायी समिति मार्फत सञ्चालित बस हिजो साँझ कृष्णनगर हुदै दिल्लीका लागि छुटेको थियो ।