ई–रिक्साले गरे बुटवलमा चक्काजाम

1.3K

ई–रिक्साले गरे बुटवलमा चक्काजाम

e rekshaबुटवल, २८ असार । रुपन्देहीमा ई–रिक्सा चालक संघ आन्दोलित भएको छ । संघले आज ११ बजेदेखि १२ बजेसम्म बुटवलमा चक्काजाम
गरेका छन् ।

चक्काजामका बेलामा प्रहरीले पनि सुरक्षा सर्तकता बढाएको थियो ।

पटक—पटक बिभिन्न बाहनामा ई—रिक्सा तान्ने र जरिवाना काट्दै मजदुरहरुलाई अनावश्यक दूःख दिने गरेको भन्दै गरिखान पाउनु पर्ने र सडकमा निर्वाध रुपमा जनतालाई सेवा दिन पाउनुपर्ने भन्दै संघले चरणबद्ध आन्दोलनमा जाने बताएको छ ।

संघले आइतवार पनि तीनवटा निकायमा धर्ना दिएको थियो ।

तीन दिनदेखि मजदुरहरु आन्दोलित भएका छन् । नियमक निकायहरुले आवश्यक प्रक्रिया पुरा नगरी ई—रिक्सा मजदुर हरुलाई अनावश्यक धरपकड गरेको बिरुद्धमा आयोजित धर्ना कार्यक्रम लुम्बिनी यातायात व्यवस्था कार्यालय, लाइसेन्स बिभाग र बुटवल उप—महानगरपालिकामा गरिएको हो ।

संघका अध्यक्ष दिनेश जोशीले अबिलम्ब लाइसेन्स प्रक्रिया नखोलिए चरणबद्ध आन्दोलनमा उत्रने र ५ दिनभित्र उचित निकास दिन समेत आग्रह गर्नुभयो ।
धर्नामा संघका सचिव यमलाल भण्डारीले कार्यालयले दिनुपर्ने रुट इजाजत पत्र, दर्ता प्रक्रिया र जाचपासको ब्यबस्था तुरुन्त गर्न माग गर्नुभयो ।