बुटवल, २८ असार । रुपन्देहीको रुद्रपुरमा नेपाल रेडक्रस सोसाईटीको उपशाखा गठन गरिएको छ ।
रुद्रपुर, साडी, बिष्णुपुरा, जोगडा क्षेत्रका नेपाल रेडक्रस सोसाईटीका आजीवन सदस्य तथा साधारण सदस्यहरुको भेलाले मंगलबार ‘नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखा’ गठन गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासको अतिथ्यतामा गठन गरिएको ९ सदस्यीय तदर्थ समितिको सभापतिमा लिलाकुमारी पौडेल रहनु भएको छ ।
समितिको उपसभापतिमा गंगालाल पौडेल, सचिवमा तुलबहादुर थापा, सहसचिवमा जगिलाल थापा र कोषाध्यक्षमा टिकाराम सापकोटा रहनुभएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा रामबहादुर थापा, उमा ढकाल, हेमा वेलवासे र सरस्वती चौधरी रहनु भएको सभापति पौडेलले जानकारी गराउनु भयो ।
नव गठित उपशाखाले अव सो क्षेत्रमा रेडक्रसका गतिबिधिलाई अगाडी बढाउने छ । नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको मातहतमा रहेर यो सहित जिल्लामा १५ वटा उपशाखाले आधिकारिकता प्राप्त गरि रेडक्रसका गतिबिधि सञ्चालन गरेका छन् ।