बुटवल,पुरानो भाकोको संरक्षण गरौ अश्लिलताको अन्त्य गरौ भन्ने नारका साथ चर्चित लोक दोहोरी गायक ओम ज्ञवाली र कृष्ण अञ्जान ज्ञवालीको तिजिको कोसेली भंगेरी चरिले बजारमा आएको छ ।
पछिल्ला दिनमा गित संगित प्रतिको बिकृती बढिरहेको भन्दै गायक ज्ञवालीलले पुरानो भाकाको अत्यान्तै मार्मित तिज गितको कोसेली बजारमा ल्याउनु भएको हो । अविरल फिल्म प्रालीको प्रस्तुती रहेको उक्त गितमा ओम ज्ञवाली र टिका पुनको स्वर तथा पुष्पा ज्ञवालीको शव्द तथा संगित रहेको छ ।
सार्वजनिभ भएको केहिदिनमै भगेरी चरिले बजारमा निकै चर्चा कमाएको छ। विगतको बर्षमा पनि यस्ता खालका गित संगित बजारमा ल्याउन भएका बुटवलका ओम ज्ञवाली पछिल्ला दिनमा लोकप्रिय गायकका रुपमा चिनिदै आउनु भएको छ ।