पत्रकारको हत्या

559

पत्रकारको हत्या

किभ, ५ साउन । मध्य युक्रेनमा बुधबार एक जना प्रसिद्ध पत्रकारको हत्या भएको समाचार छ । बुधबार बिहान उहाँलाई कारबम हमला गरी हत्या भएको छ । युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको कारबमले हमला गरी हत्या गरिएको फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले टेलिफोनबाट जानकारी दिएका छन् ।

उहाँ युक्रेनिस्का प्रभदा नामक सञ्चारगृहका पत्रकार हुनुहुन्थ्यो । उहाँ यसअघि रसियाको एक टेलिभिजनमा काम गर्नुहुन्थ्यो । बम फिट गरिएको अर्काे एक कार ल्याएर उहाँको कारमा जुधाइएको थियो । त्यसपछि उहाँको कार ध्वस्त भएको र पछि आगो लागेको थियो ।

यस आक्रमणलाई युक्रेनियन राष्ट्रपति पेट्रो पोरोसेन्कोले ठूलो अपराधको संज्ञा दिनुभएको छ । उहाँले थप प्रतिक्रिया दिनुभएको छैन । यस हत्याको जिम्मेबारी अहिलेम्म कसैले पनि लिएको छैन । पछिल्लो समयमा युक्रेनमा हिंसा मच्चिएको छ । युक्रेनको पूर्वी भूभागका रसियाली मूलका नागरिकले अलग्गै राज्यको मागगरी त्यहाँ आन्दोलन गरिरहेका छन् ।

सोही कारणले पछिल्लो समयमा रसियाली समर्थक र युक्रेनी सेनाबीच भिडन्त जारी रहेको छ । त्यस भिडन्तका क्रममा सयौँ नागरिक मारिएका छन् । रासस÷एएफपी