दक्षिण कोरियामा बेरोजगारी बढ्यो

493

दक्षिण कोरियामा बेरोजगारी बढ्यो

korea

सोल, ५ साउन । दक्षिण कोरियामा गएको महिनामा युवामा बेरोजगारी दर बढेको पाइएको छ । दक्षिण कोरिया सरकारले अघिल्ले वर्षको तुलनामा मे महिनामा दक्षिण कोरियामा युवामा बेरोजगार दरमा वृद्धि भएको जनाएको छ ।

गएको मे महिनामा गत वर्षको तुलनामा युवा बेरोजगार दरमा वृद्धि भएर ९.७ पुगेको दक्षिण कोरियाको सरकारी तथ्याङ्कमा जनाइएको छ । गत वर्षको यसै महिनाको तुलनामा यसवर्ष ०.४ प्रतिशतले वृद्धि भएको हो । विगतका वर्षहरुको तुलनामा यसवर्ष भएको यो बृद्धिको बारेमा कोरियाली तथ्याङ्क विभागले हालैमात्र सार्वजनिक गरेको हो ।

यसवर्ष १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बेरोजगारी दरमा वृद्धि भएको र मे महिनामा यो दर ९.७ पुगेको बुधबार सो विभागले जानकारी दिएको बताइएको हो । यस अघिका वर्षहरुमा सन् २०१३ मा यही मे महिनामा नै यो दर ८.७ प्रतिशत थियो भने सन् २०१४ यसमा वृद्धि भएर ९.३ पुगेको थियो ।

तर यसको तुलनामा दक्षिण कोरियाको बेरोजगारी दरमा भने वृद्धि भएको छैन । पछिल्लो समयमा युवाहरुमा यस्तो प्रतिशत बढ्न थालेको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा