’ट्राफिक शिक्षालाई पाठ्यक्रममा समावेश गरौं ’ सुरक्षित यात्रा नेपालद्धारा अञ्चल स्तरिय वक्तृत्वकला प्रतियोगिता

524

’ट्राफिक शिक्षालाई पाठ्यक्रममा समावेश गरौं ’ सुरक्षित यात्रा नेपालद्धारा अञ्चल स्तरिय वक्तृत्वकला प्रतियोगिता

police sharma
बुटवल, ५ साउन । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक शिक्षालाई पाठ्यक्रममा समावेश गर्न सुझाव दिएका छन् । सवारी दुर्घटना नियन्त्रणका लागि चेतनाको विस्तार नै प्रमुख अस्त्र भएको बताउँदै उनले शिक्षित समुदाय नै ट्राफिक नियम उल्लङघनमा उद्धत रहेको दावी गरे ।
ट्राफिक शिक्षालाई विद्यार्थीहरुको पाठ्यक्रमा समावेश गर्ने हो भने ट्राफिक नियमको बारेमा सानै उमेरदेखि जानकारी हुने र सानै उमेरदेखि ट्राफिक नियमको पालना गर्ने बानी बस्यो भने दुर्घटना स्वत न्यूनिकरण हुने उनको तर्क छ ।
सुरक्षित यात्रा नेपालले बुटवलमा आयोजना गरेको अञ्चल स्तरीय अन्तर कलेज वक्तृत्व कला प्रतियोगिताको उद्घाटन गर्दै उनले ट्राफिक दुर्घटना न्यूनिकरणकालागि सबै सरोकारवाला पक्षको भूमिका पनि महत्वपुर्ण हुने भनाई राखे ।
प्रहरी सधै जनताको साथमा रहेर काम गर्न तयार रहेको बताउँदै उनले प्रहरी भित्रका कतिपय आचरणको सुधार पनि आवश्यक रहेको बताए ।
कार्यक्रममा सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलवासेले दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनामा सबैपक्षको लापरवाही पाईएकाले सचेतना बिस्तार गर्दै सवारी दुर्घटना न्यूनिकरण गर्नकालागि सन्देशमुलक कार्यक्रम आयोजना गरिएको बताए ।
सो अवसरमा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कमल सिंह बम, लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेबहादुर बस्नेत, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका समादेशक एसएसपी कमलबहादुर जिटी, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले, ट्रक यातायात व्यबसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट, पश्चिम नेपाल बस व्यबसायी संघका अध्यक्ष दधिराम खरेल,पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष लोकराज पोखरेल,अधिवक्ता महेन्द्र पाण्डेय, सुरक्षित यात्रा नेपालका महासचिव प्रकाशकुमार नेपाल लगायतले दिनप्रतिदिन दुर्घटना बढीरहेको समयमा न्यूनिकरण अभियान सञ्चालन गरेर सुरक्षित यात्रा नेपालले स्रहानीय काम गरेको उल्लेख गरे । उता
सुरक्षित यात्रा नेपालले आयोजना गरेको लुम्बिनी अञ्चल स्तरीय अन्तर कलेत वक्तृत्व कला प्रतियोगितामा महाकवी देवकोटा क्याम्पस नवलपरासीकी तारा बराल प्रथम भएकी छन् ।
एम्स कलेज बुटवलको संयोजनमा सुरक्षित यात्रा नेपालले मंगलबार बुटवलमा अञ्चल स्तरीय अन्तर कलेज वक्तृत्व कला प्रतियोगिता गरेको थियो । लुम्बिनी अञ्चलका ६ जिल्लाबाट २४ जना बिद्यार्थीले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा देवदह क्याम्पस देवदह खैरेनीका शंकर गिरी द्वितीय भएका छन् । प्रतियोगितामा न्यू लाईट कलेज शंकरनगर रुपन्देहीका कृष्ण भुसाल तृतीय र कपिलबस्तु बहुमखी क्यामपस कपिलबस्तुकी बन्दना गुप्ता र पाणिनी क्याम्पस अर्घाखाँचीकी मेलीना सिंह ठकुरी सान्त्वना भएका छन् ।