माओवादी केन्द्रको ह्विप

447

माओवादी केन्द्रको ह्विप

काठमाडौँ, ५ साउन । नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

आज बसेको सो पार्टीको संसदीय दलको बैठकले बिहीबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आजको बैठक सरकारविरुद्ध संसद्मा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथि केन्द्रित भएको बताउनुभयो ।

बैठकले संसदमा रहेका सबै दल र स्वतन्त्र सांसदलाई समेत प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गरेको छ । राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको ठहर गर्दै त्यस्तो सरकार गठन गर्न निरन्तर पहल गर्ने र अन्य दलसँगको छलफललाई तिव्रता दिने बैठकले निर्णय गरेको छ ।