ओलीको समर्थनमा प्रदर्शन

439

ओलीको समर्थनमा प्रदर्शन

umllllllll
बुटवल, ५ साउन । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको समर्थनमा आज बुटवलमा युवाहरुले प्रदर्शन गरेका छन् ।

युवाहरुले प्रधानमन्त्रीमा ओलीकै निरन्तरताको माग गर्दै प्रदर्शन गरेका हुन् । युवाहरुले राष्ट्रिय झन्डा र प्लेकार्डसहित प्रदर्शन उत्रिएका थिए ।
ओलीले राष्ट्रिय स्वाभिमान बचाएको, भारतीय नाकाबन्दीको सामना गरेको, मुलुकलाई विकासको बाटोमा अग्रसर बनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

सामाजिक सन्जालमा खडा भएको ‘स्वतन्त्र युवा अभियान’को अगुवाइमा प्रदर्शन गरिएको हो । बुटवलको राजमार्ग चौराहवाट निश्किएको ¥यालीले बजार परिक्रमा गरेको थियो । यस अघि अन्य क्षेत्रमा प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गर्ने गरेका थिए ।