लिस्नुकपको उपाधि डीवाईसीलाई

559

लिस्नुकपको उपाधि डीवाईसीलाई

बुटवल, १० साउन । १६ औं लिस्नुनक आउट फुटबल प्रतियोगिताको उपाधिदुर्गा युवाक्लब (डीवाईसी) कोटहीमाई चिल्हियाले जितेको छ । पशुपति उच्च मावि कोटिहवाको मैदानमा आइतबार सम्पन्न फाइनल भिडन्तमा डीवाइसीले पश्चिमाञ्चलप्रहरी तालिम केन्द्र बुटवललाई टाइब्रेकरमातीनगोलका विरुद्ध चार गोलले स्तब्धबनाएको हो ।

पहिलो हाफमाप्रहरीले दुई  गोल गर्दा कुनै गोल गर्न नसकेको डीवाईसीले खेलको अन्तिम १० मिनेटमा नजिताआफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो हाफमा प्रहरीका लागि खेलको चौथो मिनेटमा युवराज राई र ४१ औं मिनेटमा दिनेश गुरुगले एक एकगोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफकै २२ औं मिनेटमा प्रहरीका नारायण थापाले अर्को गोल गरेर खेललाई तीन शुन्यको अन्तरमा पुराएका थिए ।  तीनगोल खाएर निराश बनेको डीवाईसीका लागि ३१ औं मिनेटमा तेज लामाले एक गोल फर्काएर खेलमा रौनकताथपे । एक गोल गरेपछि उत्साहित बनेको डीवाईसीकालागि ३४ औं मिनेटमा सुमन लामाले अर्को गोल गरेर टिमलाई उत्साहित बनाए ।

दोस्रो हाफको ४० औं मिनेटमा रुपेश केसीले आकर्षक गोल गरेर खेललाई बराबरीमा पुराएपछि प्रतिस्पर्धा रोमाञ्चक बन्न पुग्यो । बराबरीपछि टाइब्रेकरमापुगेको खेलमा डीवाईसीका गोलरक्षकले प्रहरीको दुई वटा पेनाल्टी प्रहारलाई रोक्न सफल हुदा प्रहरीका गोल रक्षकले डीवाईसीका खेलाडीको एउटा मात्रप्रहार रोक्न सकेपछि नतिजा डीवाईसीको पोल्टामा गयो ।

यस अघि शुक्रबार हुने भनिएको फाइनल खेल भारी वर्षाकाकारण खेलाउन नसकी मिति सारिएको थियो । दुबै टिमले राष्ट्रिय टिमका चर्चित खेलाडीहरु मैदानमा उतारेका थिए ।  रुपन्देही, नवलपरासी, स्याङजा र चितवनका १६ टिम सहभागीरहेको प्रतियोगिताको विजेता टिम डीवाईसीले १ लाख ५० हजार, उपविजेताप्रहरीले ७५ हजार तथा सेमिफाइनलमापुग्ने चार टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गरेकाआर्थिक संयोजक अर्चित श्रेष्ठले जानकारी दिए ।

रुपन्देहीको चिल्हियामानिर्माणाधीन पांचतारे होटल टाईगर वान रिसोर्ट एण्ड क्यासिनो चिल्हीया र कालिगण्डकी निर्माण सेवाप्रतियोगिताको मुख्यप्रायोजक रहेकाथिए ‘। यसअघि १५ औं संस्करणको उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको थियो । प्रतियोगिता समापनका अवसरमा खेलबाट वचतभएको रकममध्येबाट पशुपति उच्च माविका ेटिहवालाई एक लाख रुपैयां र नेपाल अविनाश अनाथ आश्रम कोटिहवालाई ५० हजार रुपैया सहयोग गरेको क्लबकाअध्यक्ष खेमराज गुरुङले बताए ।