फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानललाई

338

फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानललाई

logoललितपुर, १२ साउन । पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा आयोजित प्रथम फुटसल प्रतियोगिताको उपाधि इमेज च्यानलले जितेको छ ।

गोलपोस्ट फुटसल एन्ड ट्रेनिङ सेन्टरमा आज सम्पन्न फाइनलमा नेपाल टेलिभिजनलाई ६–४ को अन्तरले पछि पार्दै इमेज च्यानल विजयी बन्न सफल भएको हो ।

विजेता इमेजले रु २५ हजार र ट्रफी प्राप्त ग¥यो । यस्तै द्वितीय हुने नेपाल टेलिभिजनले रु १५ हजार र तृतीय हुने पिजे क्लब र नेपाल वान टेलिभिजनले संयुक्तरुपमा नगद रु १० हजार प्राप्त गरे ।

तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल टेलिभिजन, माउन्टेन, कान्तिपुर, इमेज, नेपाल मन्डल, एविसी, नेपाल वन, काष्ठमन्डप टेलिभिजनमा कार्यरत पत्रकारहरूको सहभागी थियो ।

स्व पत्रकार क्षेत्रीको छोराको शिक्षादिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उठेको एकमुष्ट रु एक लाख क्षेत्रीको परिवारलाई हस्तातरण गरिएको जनाइएको छ ।

प्रतियोगितामा द्वितीय बनेका नेपाल टेलिभिजनले प्राप्त गरेको रु १५ हजार र तेस्रो बनेका पिजे क्लव र नेपाल वान टेलिभिजनले प्राप्त गरेको रु १० हजार स्व पत्रकार क्षेत्रीको परिवारलाई हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक दिलीप थापामगरले बताउनुभयो ।