मौलिक भाकामा भगवतीको छम् छम् (भिडियो सहित)

1.3K

मौलिक भाकामा भगवतीको छम् छम् (भिडियो सहित)

ghumi-ghumi-nachne-hoबुटवल,साउन । महिलाहरुको महान चाड तीजलाई लक्षित गरी नेपाली संगीत क्षेत्रमा सयौं गित बजारमा आइृरहेका छन् । त्यहि भिडमा फरकपन सहितको घुमी घुमी नाच्ने हो छम् छम् छम बोलको तीज गित रिलीज भएको छ ।
रुपन्देहीकी गायिका भगवती पन्थी आचार्यको स्वर रहेको गितलाई गितकार दिपकराज पाठकले लेखेका हुन् भने बिपिन आचार्यको लय रहेको छ ।
ई याक्ट्री प्रोडक्सन को ब्यानरमा निर्मीत ऊक्त गीतको भिडीयोमा कलाकार रिजा भुसाल र निर्देशक शिव लामीछानेको अभिनय रहेको छ । शिब लामीछानेकै कोरियोग्राफी रहेको गितलाई पछिल्लो पुस्तामा लोकप्रिय सिनेमाटोग्राफर सुमन कोईरालाले छायाङकन गरेका हुन् ।
विभिन्न भाषिक त्रुटि र भद्धा तथा अश्लिल शैलिका गित संगितहरुको वाढि आईरहेका वेला नितान्तर समयसापेक्ष तथा परम्परागत गित संगितको जर्गेना गर्ने उदेश्यले उक्त गित बजारमा ल्याएको गायिका पन्थीले बताउनु भयो । उक्त गित बजारमा आएसंगै चर्चाको शिखरमा पुगेको छ । मौलिक शब्द समायोजन तथा मौलिक नृत्य तथा संगितरहेकोले गित चर्चाको शिखरमा पुगेको जानकारहरुले बताएका छन् ।