थारु राष्ट्रिय मुक्ति मोर्चामा नयां नेतृत्व

207

थारु राष्ट्रिय मुक्ति मोर्चामा नयां नेतृत्व

बुटवल, २७ साउन । अखिल थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपालको दुई दिने राष्ट्रिय भेला नयां नेतृत्व चयन गरि आज बुटवलमा सम्पन्न भएको छ ।
भेलाले कमल चौधरीको अध्यक्षतामा ३५ सदस्यीय नयां कार्य समिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा खुशीलाल चौधरी, रामविलास चौधरी, देवानन्द चौधरी, चन्द्रलाल चौधरी, महासचिव रामजी चौधरी, सचिवमा दयाराम चौधरी, सुमित्रा चौधरी, दुर्गा चौधरी, ब्रमदेव चौधरी, कोषाध्यक्ष महेश्वर चौधरी र सदस्यहरुमा अछमित्तलाल चौधरी, कृष्ण चौधरी, प्रेम चौधरी, नारायणप्रसाद चौधरी, तेजबहादुर चौधरी, श्याममणी चौधरी, दुर्गानन्द चौधरी, अशिस थारु, घनश्याम कठरिया, मनोहर चौधरी, छरिया महतो रहनु भएको छ ।

सल्लाहकारमा सूर्यनारायण चौधरीलाई चयन गरिएको मोर्चाले जनाएको छ । मोर्चाको राष्ट्रिय भेलाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर शाहीले गर्नुभएको थियो भने नवनिर्वाचित कार्यसमितिलाई पार्टीका सचिवालय सदस्य नगेन्द्र राई, प्रेमनाथ सुवेदी, अवधराज्य सचिवालय सदस्य आरपी शर्मा लगायतले बढाई तथा सुभकामना मन्तव्य राख्नु भएको थियो ।