जर्नेलमाथि कारबाही सुरु

364

जर्नेलमाथि कारबाही सुरु

अङ्कारा, २७ साउन । टर्कीमा गत महिना सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेकोमा संलग्न भएको आरोपमा पक्राउ गरिएका सैनिक जर्नेलमाथि हदैसम्मको कारबाहीको प्रक्रिया सुरु गरिएको छ । यहाँको हवाई सेनाका पूर्व प्रमुखलाई कडा कारबाही गरिने भएको सो समाचारमा जनाइएको छ ।

कारबाहीको प्रक्रिया अघि बढेको टर्कीबाट अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिएका छन् । उनीसहित २६ जना वरिष्ठ सैनिक जर्नेललाई अदालतले हिरासतमा लिएको थियो । उनीहरुमाथि अनुसन्धान जारी रहेको थियो । टर्कीका सरकारी सञ्चारमाध्यमले ती सैनिक जर्नेलका विरुद्ध कारबाही सुरु भएको जानकारी दिएका समाचारमा जनाएका छन् ।

तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ गत महिना गरिएको ‘कू’ प्रयास घन्टौँ लामो लडाइपछि नियन्त्रणमा आएको थियो । अङ्कारा अदालतले टर्कीको हवाई बलका पूर्व प्रमुख जनरल आकिन ओज्टुर्कलगायत २६ सैनिक जर्नेललाई पक्राउको आदेश दिएको हो ।

ती वरिष्ठ अधिकारीहरुमाथि लागाइएको आरोपको बुधबार अबेर राति सुनुवाई भएपछि हिरासतमा लिइएको अवस्थामा नै कारबाही अघि बढ्ने राज्यद्धारा सञ्चालित समाचार समिति अनादोलुले जानकारी दिएको छ । इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्यामा सडकमा ओर्र्लिएका सैनिक र सरकारी सेनाबीच भएको भिडन्तमा परी करिब ९० व्यक्तिको मृत्यु भएको थियो ।

त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका थिए । राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको थियो । रासस÷एएफपी