विधि र मान्यताका लागि राजीनामा :शर्मा

189

विधि र मान्यताका लागि राजीनामा :शर्मा

janardan

काठमाडौँ, २८ साउन । सार्वजनिक लेखासमितिका सभापति जनार्दन शर्माले सभापति पद छोड्दा र आउँदा एउटा विधि र मान्यता स्थापित होस् भन्ने हेतुले आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

प्रतिपक्षले नै समितिको नेतृत्व प्रदान गर्ने परम्परा रहेकाले नेतृत्व गर्न बाटो खुलोस् भने मान्यताका साथ आफूले राजीनामा दिएको बैठकमा उहाँले जानकारी दिनुभयो ।

सभापति शर्माले पदबाट प्रस्तुत गर्नुभएको राजीनामा बैठकले अनुमोदन गरेको छ । सभापति शर्माले भन्नुभयो– राजनीतिक परिस्थिति फेरिएसँगै कामको जिम्मेवारी र भूमिका फरक हुने भएको हँुदा आफू सभापतिको जिम्मेवारीबाट अलग हुन लागेको हुँ ।

समितिको सभापतिको जिम्मेवारीमा रहँदा राष्ट्रिय महत्वका राष्ट्रलाई ठूलो र दुरगामी प्रभाव राख्ने निर्णय गरेको बताउँदै उहाँले यो अवधिमा समितिले स्थापित गरेको विधि र निर्णयले राष्ट्रिय, अन्तर्राष्ट्रिय, जनसरोकार, विकास निर्माण र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शर्माले जिम्मेवारी अत्यन्तै सन्तुलन, निष्पक्ष र प्रभावकारी भएको भनी सदस्यले उहाँलाई बधाईज्ञापन गर्नुभएको थियो ।