नेदरल्यान्ड्सलाई ९५ रनको झिनो लक्ष्य

1.3K

नेदरल्यान्ड्सलाई ९५ रनको झिनो लक्ष्य

काठमाडौँ, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियन्स लिगअन्तर्गत नेपालले घरेलु टोली नेदरल्यान्ड्ससामु ९५ रनको झिनो लक्ष्य दिएको छ ।

नेदरल्यान्डको आमस्ट्रडमस्थित भिआरए क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३८.१ ओभरमै सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका प्राय सबै व्याट्सम्यान असफल रहे । उनीहरु नेदल्यान्ड्सको कसिलो बलिङसामु निरीह बनेक थिए । ओपनर अनिल मण्डलले बनाएको २० रन नै नेपालको सबभन्दा उच्च स्कोर रह्यो ।

चारबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । सोक्रममा शरद भेषावकरले १४, आठौँ क्रममा आएका सोमपाल कामीले १२, ओपनर ज्ञानेन्द्र मल्लले ११ बनाए । त्यस्तै विनोद भण्डारीले नौ, नवौं क्रममा आउँदै अविजित रहेका वसन्त रेग्मी र विनोद अविजित सात÷सात रन जोडे ।

तीबाहेक अन्य व्याट्सम्यानले विर्सनलायक प्रदर्शन गरे । जसमा राजु रिजालले तीन, सन्दीप लामिछानेले एक तथा कप्तान पारस खड्का दुवै शून्य रनमा आउट भए । अहिले नेदरल्यान्ड्सले व्याटिङ सुरु गरेको छ ।