रोज राणाका आक्रमणकारी पक्राउ

544

रोज राणाका आक्रमणकारी पक्राउ

roj rana

काठमाडौँ, भदौ । नेपाली चलचित्रका निर्माता, निर्देशक तथा कलाकार रोज राणालाई खुकुरी प्रहार गरी घाइते बनाएका दुई अभियुक्त पक्राउ परेका छन् ।

ती अभियुक्तलाई महानगरीय अपराध महाशाखाको अनुसन्धान टोलीले यहाँस्थित उनीहरुकै निवास नयाँबजारबाट मङ्गलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सिद्धपोखरी स्थायी घर भएका २८ वर्षीय ‘मोटे’ भनिने विवेचन प्रजापती र धादिङ कटुन्जेका वर्ष १८ का ‘कटुन्जे’ भनिने सूर्य लामा रहेका छन् ।

तर घटनाका मुख्य योजनाकार भुलुङ्टार, काभ्रेपलाञ्चोकका २८ वर्षका ‘जोधा’ भनिने रत्नबहादुर लामा भने फरार रहेको अपराध महाशाखाले जनाएको छ ।

चलचित्रकर्मी राणालाई गत सोमबार साँझ पुरानो बानेश्वरस्थित सेन्टर क्याफेमा खुकुरी प्रहार भएको थियो । दाँहिने हातमा गम्भीर चोट लागेको उहाँको हाल ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।