अनुराधाले बजाउदै आईन् ‘छाँईछाँई कडिया’

1.3K

अनुराधाले बजाउदै आईन् ‘छाँईछाँई कडिया’

anuradha ggg

बुटवल, भदौ । लोक गायिका अनुराधा घर्तीले मौलिक संस्कृतीमा आधारित तीज गीत ‘छाँईछाँई कडिया’ बजारमा ल्याएकी छिन् । बजारमा सयौं गीतहरुको भिडमा उनले परम्परा र मौलिक संस्कृतिसंग मेल खाने खालको तीज गीत बजारमा ल्याएको बताईन ।

बजारमा अस्लील र उत्ताउला तीजका गीतहरु आईरहेका बेला उनले परम्परा र मौलिक संस्कृतिको संरक्षणकालागि पुरानै शैलीमा आधारित गीत बजारमा ल्याएको बताईन । पुरानो भाकालाई नयाँ शब्द समायोजन गरि ल्याएको उक्त गित सबैले मन पराउने उनको दावी छ ।

उनले भनिन्–‘तीजका गीत बिशुद्ध मौलिक, सबैको मन छुने र परिवारका बिचमा बसेर हेर्न मिल्ने खालका हुनु पर्छ । मैले ल्याएको गीतमा यी कुराहरु छन् ।’ पछिल्लो क्रममा दखिएको बिकृति विसंगतिलाई रोक्नकालागि दर्शक तथा स्रोताको पनि उत्तिकै हात हुने बताउँदै उनले नराम्रा गीतलाई प्रश्रय नदिन आग्रह गरिन् ।

अहिलेसम्म आधा दर्जन बढी गीतमा आफ्नो स्वर भरेकी लोक गायिका घर्तीको शव्द संकलन तथा लयमा आएको पछिल्लो एलबममा विश्व गौतम र विश्वास नेपालले साथ दिएका छन् । लोकन्द्र शाहले निर्देशन गरेको उक्त गितको भिडियोमा हरिमायाँ रायमाझी, एलिना रायमाझी र विशाल रायमाझीले अभिनय गरेका छन् । बजार व्यबस्थापनको काम भने रेडएप्पल मिडियाले गरेको छ ।