सिद्धिबिनायकको बैकंक भ्रमण

1.3K

सिद्धिबिनायकको बैकंक भ्रमण

बुटवल, ६ भदौ । रुपन्देहीको तिलोत्तमा पत्थरडाडा स्थित सिद्धिबिनायक फुड प्रोडक्टले आफनो उद्योगका देशभरका ३० जना डिलर व्यवसायी र ७ जना सुपरभाइजरलाई बैकंक भ्रमणमा पठाएको छ ।

उद्योगलेआफनै खर्चमा  पुर्व मेचिदेखि पश्चिम महाकाली सम्मका प्रमुख स्थानमा रहेका डिलर व्यवसायी र सुपरभाइजरलाई ५ दिने भ्रमणका लागि आज बैकक पठाएको हो । डिलर व्यवसायी तथा सुपरभाइजरको टोलीले ३ दिन थाइलैण्ड र २ दिन पटैयाको भ्रमण गर्ने उद्योगले जनाएको छ ।

भ्रमण टोलीलाई आजैउद्योगका अध्यक्ष उज्ज्वल कसजुले काठमाण्डौबाट बिदाई गर्नु भएको छ । सिद्धि बिनायक फुड प्रोडक्टले गज्जव, रोयल र मिस्टर हेप्पी ब्राण्डका ३० प्रकारका बिष्कुट उत्पादन गर्दै आएको छ ।

बिस्कुट उद्योगहरुबाट नेपाल बाहिर व्यवसायीहरुलाई भ्रमण गराएको यो पहिलो पटक भएको अध्यक्ष कसजुले बताउनु भयो ।