बाली संरक्षणका लागि बीउ बैङ्क

898

बाली संरक्षणका लागि बीउ बैङ्क

म्याग्दी, ११ भदौ । लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक चेतना सामुदायिक बीउ बैङ्क स्थापना गरिएको छ ।
समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीले धान, मकै, गहँु, कोदो, भटमास, बोडी, घिरांैला, सागलगायतका खाद्य बालीको बीउ बैङ्क स्थापना गरेको हो ।

स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट सङ्कलन गरी बैङ्क स्थापना गरिएको चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको बीउ बैंकका अध्यक्ष जीतबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्तामुखी बाली प्रजननद्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैङ्क स्थापना गरिएको हो । जसमध्ये अधिकांश स्थानीयस्तरमा पाइने भए पनि लोपोउन्मुख अवस्थामा रहेका छन् ।

स्थानीयस्तरमा उपलब्ध हुनसक्ने तर लोपोन्मुख अवस्थामा रहेका धान तथा अन्य बालीको प्रवद्र्धनका लागि एउटा छुट्टै भवन स्थापना गर्न लागिएको संस्थाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय र समुदायको गरी रु ६ लाख बराबरको लगानीमा बीउ बैङ्कका लागि यसैवर्ष भवन निर्माण थालिने बताइएको छ ।