इन्धनकाे ट्याङ्कर पल्टीयाे २ जना घाइते

534

इन्धनकाे  ट्याङ्कर पल्टीयाे २ जना घाइते

खेमानन्द पाठक\बुटवल असोज रुपन्देहीमा पेट्रोलियम पदार्थ सहितको एक ट्याङ्कर पल्टिँदा २ जना घाइते भएका छन् भने २ हजार लिटर पेट्रोलियम पदार्थ बाटोमा पोखिएको छ ।

नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलबावारीबाट अर्घाखाँची जिल्लाकालागि पेट्रोलियम पदार्थ लिएर गइरहेको लु१ख ४९८८ नम्बरको ट्याङ्कर रुपन्देहीको मणिग्रामस्थित सिद्धार्थ राजमार्गमा पल्टेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएकाे छ ।

एक मोटरसाईकलले झुक्याउँदा पल्टिन पुगेको उक्त ट्याङ्करबाट साढे २ हजार लिटरजति पेट्रोलियम पदार्थ सडकमा पोखिएको थियो । ट्याङ्करमा १२ हजार लिटर पेट्रोल र डिजेल थियो ।

दुर्घटनाबाट मोटरसाइकलका चालक र सडक नजिकै किनारामा घाँस काटेका दुईजना घाइते भएका छन् ।

यता अाज सुनौली नाकाबाट ६ ट्याङ्कर डिजेल र २ बुलेट ग्यास नेपाल भित्रिएका छन् ।