मैत्रीपूर्ण फुटसल

1.3K

मैत्रीपूर्ण फुटसल

काठमाडौँ १८ भदौ । अनेरास्ववियु केन्द्रीय कमिटीले आज यहाँ तीजको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ अनेरास्ववियु ‘वि’ समूह र अनेरास्ववियु महिला समूह विजय भएको अखिलकी सचिव आरती लामाले जानकारी गराउनुभयो । प्रतियोगिताको उद्घाटन गदै नेकपा(एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले भड्काउपूर्ण तीज मनाउने शैलीलाई रोक्नुपर्ने बताउँदै प्रतियोगिता जस्ता कार्यक्रम गरेर प्रगतिशील तीज मनाउनु पर्नेमा जोड दिनुभयो ।

अखिलका अध्यक्ष नविना लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सांसद यज्ञराज सुनार, पूर्व युवा तथा खेलकुदमन्त्री कमला रोकामगर, अखिलका पूर्व अध्यक्षद्वय राजेन्द्र राई र रामकुमारी झाक्री तथा प्रहरी उपरीक्षक किरण ब्रजाचार्यले तीजको शुभकामना दिँदै खेलकुदको माध्यमबाट सिङ्गो देशलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।