पल्लवी उज्यालो कार्यक्रम प्रभावकारी बन्दै

1.3K

पल्लवी उज्यालो कार्यक्रम प्रभावकारी बन्दै

aaaaबुटवल । रुपन्देहीको देवदहमा सञ्चालित पल्लवी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको आकस्मिक ऋण लगानी कार्यक्रमबाट २ जनाले सेवा लिएका छन भने पल्लवी उज्यालो कार्यक्रमबाट ३ जनाले सेवा लिएको सो संस्थाले जनाएको छ ।
सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई लक्षित गरि संस्थाको अंघिल्लो साधारण सभाले शेयर सदस्यका परिवार बिरामी पर्ने तथा आकस्मिक भैपरि आउन सक्ने अत्यावश्यकीय आर्थिक सहजिकरणकालागि आकस्मिक ऋण लगानी र न्यून आय भएका शेयर सदस्यलाई लक्षित गरि पल्लवी उज्यालो कार्यक्रम निर्धारण गरेको थियो ।
शेयर सदस्य वा उसका परिवार बिरामी हुँदा प्रवाह गरिने ऋण कार्यक्रम अन्तरगत सञ्चालित आकस्मिक ऋण लगानी कार्यक्रमबाट संस्थाका शेयर सदस्यहरु देवदह ८ का सालिकराम तिवारी र नारायणप्रसाद अधिकारीले लाभ लिएको सहकारीका कार्यवाहक सचिव भिमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै पल्लवी उज्यालो कार्यक्रम अन्तरगत देवदह ४का बिष्णु न्यौपाने, सागर अधिकारी र तिलोत्तमा नगरपालिकाका लिलाधर पाण्डेले सोलार जडान गर्नु भएको हो ।
सहकारीले उज्यालो कार्यक्रम अन्तरगत ५० हजार सम्म र आकस्मिक ऋण लगानी कार्यक्रम अन्तरगत ३० हजार रुपैंया लगानी गर्ने गर्दछ । दुवै ऋणको व्याजदर १४ प्रतिसत भएपनि आकस्मिक ऋण लगानीमा एक महिनाको व्याज मिनाहा गरिने अध्यक्ष खुमप्रसाद भण्डारीले बताउनु भयो ।
सहकारीको शनिबार देवदहमा सम्पन्न चौथो वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष भण्डारीले सहकारीले सामुहिक लगानीको कार्यक्रम संगै शेयर सदस्यहरुलाई अफ्ठ्यारो पर्दा सहयोगी कार्यक्रम समेत ल्याएको बताउँदै त्यस्ता कार्यक्रमबाट लाभ लिन सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले पल्लवी उज्यालो कार्यक्रम आगामी दिनमा अझै बढी प्रभावकारी बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
साधारण सभामा प्रवेशिका परिक्षा २०७१ मा सहकारीका शेयर सदस्यहरुका छोराछोरी मध्ये सामुदायिक, नीजि तथा प्राबिधिक बिषयमा उत्कृष्ट अंक ल्याउने ६ जनालाई प्रशंसा पत्र सहित पुरस्कृत गरिएको छ । त्यस्तै ३ जना असल बचत कर्ता, सदस्य अभिबृद्धि कार्यक्रम अन्तरगत धेरै सदस्य बनाउने निवर्तमान उपाध्यक्ष लक्ष्मी थापा र कार्यवाहक सचिव भिमप्रसाद न्यौपानेलाई पनि कदर पत्रले सम्मान गरिएको छ ।
उनीहरुलाई संस्थाका अध्यक्ष भण्डारी, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष तुलाचनले सो सहकारीले सहकारीको सिद्धान्त अनुसार काम गरेको औंल्याउँदै यस्ता सहकारीको भविश्य पनि राम्रो हुने र राज्यको आर्थिक बिकासमा समेत योगदान पु¥याउन सक्ने बताउनु भयो ।
कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, सहकारी संघका जिल्ला सचिव रमा खड्का, नेप्सुनका सुनिल ज्ञवाली, नेपाल शिक्षक संघका कुलप्रसाद लामिछाने, कोलिय सहकारीका अध्यक्ष शुभकान्त न्यौपाने, देवदहका सचिव हरि ढुङ्गाना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारण सभामा प्रस्तुत भएको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित भएको संस्थाले जनाएको छ ।