रामापुर र कुमारवर्ती विजयी

298

रामापुर र कुमारवर्ती विजयी

cricket

बुटवल, २२ भदौ । देवदह क्रिकेट यूनिटको आयोजनामा देवदहमा सञ्चालान भईरहेको प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय नक–आउट क्रिकेट प्रतियोगिता अन्तरगत बुधबारबाट सेमिफाईनलका खेलहरु सञ्चालन भएकाछन ।

वर्षाका कारण खेलको नियमित कार्यतालिका प्रभावित भएर बिच–बिचमा रोकिएको सेमिफाईनलका खेलहरु बुधबारबाट सञ्चालन भएकाहुन् । बुधबार भएको पहिलो खेलमा रामापुर रिभाईभल्सले एपेक्स बार्डिङ्गलाई चार विकेटले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ ।

टस जितेर पहिला ब्याटिड़ थालेको एपेक्स १५ दशमलव ४ ओभरमा पुरै विकेट गुमाउदै ७४ रनको योगफल तयार पारेको थियो । ७५  रनको लक्ष्य पछ्याएको रामापुरले १४ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर जित हासिल गरेको हो । सो खेलमा टंक भट्टराई म्यानअफ दि म्याच घोषित भएका छन् ।

त्यस्तै बुधबारनै भएको दोस्रो खेलमा कुवरवर्ती बोडिङ्ग स्कुल २५ रनले  विजयी भएकोछ । टस जितेर ब्याटिड़ गरेको कुवरवर्तीले १६ ओभरमा ९  विकेट गुमाई ६०  रनको योगफल तयार गरेको थियो । खेलमा ६१  रनको लक्ष्य पछ्याएको ग्रिनप्लान्ट ३५ रनमै समिटिएपछि कुवरवर्तीले सहजै जित हासिल गर्न सफल भएको हो ।

ब्याटिड़ तर्फ ग्रिनप्लान्टका कुनै पनि खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । कुवरवर्तीका लागि अजय यादव र चमन थापाले समान ४ । ४ विकेट लिएका थिए। सो खेलमा अजय यादव र चमन थापालाई म्यनअफ दि म्याच घोषित गरिएको छ ।