क्रिकेट प्रतियोगिताको फाईनल भोलि

1.3K

क्रिकेट प्रतियोगिताको फाईनल भोलि

cricket

बुटवल, ७ असोज । रुपन्देहीको देवदहमा जारी जिल्ला स्तरीय अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिताको फाईनल खेल शनिबार हुने भएको छ ।

वर्षाका कारण पटक÷पटक स्थगन हुँदै आएको फाईनल खेल शनिबार विहान १० बजेदेखि देवदहको शित्तलनगर क्रिकेट मैदानमा हुने भएको हो । फाईनलमा रामापुर रिबाईभल्स सैनामैना र कुमारवर्ति ईङ्गलिस बोडिङ्ग स्कुल भिड्ने भएका छन् । रामापुरले एपेक्स ईङ्गलिस बोडिङ्ग स्कुललाई हराएर फाइनलको यात्रा तय गरेको हो भने कुमारवर्तिले ग्रिन प्लान्ट उच्च मावि देवदहलाई हराएर फाईनमा पुग्न सफल भएको हो ।

सगरमाथा आवासिय उच्च मावि, रेड मार्टिन र होटल हेरिटेजको प्रायोजनमा भएको प्रतियोगिताको बिजेताले नगद २० हजार नगद ट्रफि, तथा प्रमाण पत्र हात पर्ने छ भने उप विजेताले १२ हजार नगद ट्रफि तथा प्रमाणपत्रमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगिताको समापन नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले गर्ने कार्यक्रम रहेको प्रतियोगिता आयोजक क्लव देवदह क्रिकेट युनिटका अध्यक्ष रवि रग्मीले जानकारी दिनुभयो ।

प्रतियोगितामा रुपन्देहीका सामुदायिक तथा संस्थागत गरि ३२ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ठ तथा उदयमान खेलाडिलाई समेत पुरस्कृत गरिने भएको छ ।