लम्टियामा जिल्लास्तरीय क्रिकेट शुरु

1.3K

लम्टियामा जिल्लास्तरीय क्रिकेट शुरु

cricket

बुटवल, १५ असोज । स्टार स्पोर्ट्स क्लब सैनामैना रुपन्देहीको आयोजनामा तेस्रो जिल्ला स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

सैनामैना नगरपालिका ९ लम्टियास्थित खेल मैदानमा संचालित प्रतियोगिताको सैनामैना नगरपालिका कार्यालयका इन्जिनियर अरुण खनाल र इलाका प्रहरी कार्यलय सैनामैनाका प्रमुख विमल पराजुलीले गरेका छन् । प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि इन्जिनियर खनालले हरेक नागरिकलाई स्वस्थ, अनुशासित र गतिशिल बनाउन खेलकुदको ठूलो भूमिका हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगर सचिव यदुनाथ ज्ञवाली, बुद्ध इङलिस बोर्डिङ स्कूलका प्राचार्य धर्मराज घिमिरे लगायतले क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगिता र अन्य सामाजिक कामको सराहना गरे । क्लबका अध्यक्ष कृष्ण ज्ञवालीको अध्यक्षता,केपी घिमिरेको स्वागत र कमल रानाको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको क्लबका सचिव शिवराज पोखरेलले जानकारी दिए ।

प्रतियोगितामा २५ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक सुवास केसीले बताए ।  यसैबीच शनिबार भएको उद्घाटन खेलमा  सालझण्डी क्रिकेट क्लबलाई पराजित गर्दै आयोजक स्टार स्पोर्ट्स क्लब विजयी भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, दोस्रोले रू. २० हजार र   तेस्रो हुनेले नगद रू. १० हजार रुपैयां शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ दि सिरिज, बेस्ट  बलर र  बेस्ट ब्याट्समेनले   नगद रू २ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।