मानिस स्वस्थ्य रहन खेल अपरिहार्य

1.3K

मानिस स्वस्थ्य रहन खेल अपरिहार्य

badminton-khel

बुटवल ४ मंसिर । रक्षा मन्त्री बालकृष्ण खाँणले हरेक मानिसका लागि खेल अपरिहा¥र्य भएकाले खेल क्षेत्रको विकास गर्नुपर्ने बताउनु भएको छ ।

उहांले खेलकूदले  मानिस स्वस्थ्य रहन सक्ने भएकाले हरेक मानिसले खेलकूदमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । तिलोत्तमा व्याडमिन्टन क्लवद्वारा तिलोत्तमा नगरपालिकाको १० नम्बरमा निर्माणधिन कर्वडहलको आज शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री खांणले खेलको विकासमा राज्यको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

देशको गौरव र स्वस्थ्य जीवनसंग खेल जोडिएकाले खेल क्षेत्रको विकास गर्नुको विकल्प नभएको बताउनुभयो । तिलोत्तमा खेल मैदान पार्कमा निर्माणाधिन कर्वडहलका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख सहयोग गर्ने मन्त्री खांणले प्रतिवद्वता जनाउनुभयो । उहांले समग्र रुपन्देहीको खेल क्षेत्रको विकासका लागि आर्थिक जुटाउन सहयोग गर्ने आश्वासन दिनुभयो ।

नेपाली कांगे्रसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता खांणले नेपालमा योजनावद्व विकासको अभावले समस्या भएको बताउनुभयो । उहांले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या हुने गरेको उल्लेख गर्दै नयां नगर र नयां वस्तीलाई योजनावद्व रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

तिलोत्तमा नगरपालिकालाई सुन्दर र हरियाली नगरको रुपमा विकास गर्नुपर्ने बताउंदै त्यसका लागि पार्टी भन्दा माथि उठेर विकास निर्माणमा एकतावद्व हुन जरुरी रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्यटक तान्ने नगरीका रुपमा तिलोत्तमा नगरपालिकालाई विकास गर्नुपर्ने र त्यसका लागि आउंदो आर्थिक वर्षको वजेटबाट तिलोत्तमा टावर बनाउन पर्ने बताउनुभयो ।

रक्षा मन्त्री खांणले मुलुकमा शान्ति अपरिहा¥र्य रहेको बताउंदै जनताले शान्ति चाहेकाले अहिलेको आवश्यक्ता स्थायी शान्ति कायम गर्नु रहेको बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेल, आनन्दवन–मधुवन सामुदायिक वनका अध्यक्ष ध्रुव धिताल, तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठक,  क्लवका उपाध्यक्ष रमेश डुम्रे लगायतले बोल्नुभएको थियो ।

क्लवका अध्यक्ष गोविन्द भुसालको अध्यक्षता र सचिव वृजेश न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । तिलोत्तमा नगर क्षेत्रका युवा, समाजसेवीहरुले तिनाउ नदी किनारको नदी उकास जग्गामा खेल मैदान बनाउन लागेका छन् ।