एभरेष्टका तीनजना क्षेत्रीय टिममा

1.3K

एभरेष्टका तीनजना क्षेत्रीय टिममा

volleybal

बुटवल, २ पुस । यही पुस ८ देखि १५ गतेसम्म पुर्वाञ्चलमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलका लागि बुटवलको एभरेष्ट बोर्डिङ स्कुलबाट ३ जना खेलाडी छनोट भएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय टिमबाट खेल्ने गरी एभरेष्ट बोर्डिङका पुजा थापा, यमकली कुंवर र पुनम चन्द टिममा छनोट हुन सफल भएका हुन् । पश्चिमाञ्चल क्षेत्रीय टिममा उनीहरुसंगै कास्कीका ३,म्याग्दीका ३ ,बागलुङका २ र पर्वतका एकजना पनि छनोटमा परेका टिमका सहायक प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय टिमका खेलाडीले ६ गतेसम्म पोखरामा बन्द प्रशिक्षण लिएर राष्ट्रिय खेलकुदमा भाग लिने छन् । महिला भलिबलमा ५ विकास क्षेत्रका ५ तथा त्रिभुवन आर्मी, नेपाल प्रहरी र  सशस्त्र प्रहरी गरी तीन विभागीय सहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विद्यालयस्तरबाट क्षेत्रीय टिममा तीनजना खेलाडी छनोट हुनु यस क्षेत्रकै लागि गौरवको विषय भएको एभरेष्ट बोर्डिङ स्कुलका भलिबल प्रशिक्षक समेत रहेका अर्जुन घिमिरे बताउंछन् । ‘अहिले हामी प्रक्षिणमा छौं, सकेसम्म उपाधि जित्ने हाम्रो लक्ष्य छ’–घिमिरेले भने ।