
बुटवल, १० पुस । राष्ट्रिय कवि भूपि शेरचनको ८१ औं जन्मजयन्ती आज बुटवलमा मनाइएको छ । थकाली सेवा समिति, बुटवल क्षेत्रले शेरचनको जन्मजयन्ती मनाइको हो ।
समितिका अध्यक्ष क्या.शिवप्रसाद शेरचनको अध्यक्षता, सहसचिव सुदिप शेरचनको सञ्चालनमा भएको कार्यक्रममा सुदिप शेरचन, श्याम गौचनले कविता बाचन गर्नुभएको थियो भने समितिका सल्लाहकार सुर्यलाल शेरचन, बिमल गौचन, अजितमान गौचन लगायतले भूपिको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।