मोर्चाको राष्ट्रिय भेला पाल्पामा

1.3K

मोर्चाको राष्ट्रिय भेला पाल्पामा

बुटवल, ११ पुस । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला माघ ८ र ९ गते पाल्पाको तानसेनमा हुंने भएको छ । मोर्चाको आज बुटवलमा भएको बृहत मगरहरुको भेलाले राष्ट्रिय भेला तानसेनमा गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर ११ र १२ गते बुटवलमा गर्ने गर्ने भनिएको राष्ट्रिय भेला मोर्चाका सल्लाहकार निलबहादुर पुनका आमाको निधन भएका कारण माघमा सार्ने निर्णय भएको मोर्चाले जनाएको छ । भेलाले बुटवलमा गर्ने भनिएको भेला मगरहरुको बाहुल्य रहेको जिल्ला मगरांत क्षेत्रमा गर्नै ठेगान गरेको हो ।

मोर्चाका संयोजक भिम श्रीसको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा समिति भएका जिल्लाबाट ५ जना प्रतिनीनिधि र जिल्ला समिति नभएका जिल्लाबाट एक जना महिला एक जना पुरुष प्रतिनीधिका रुपमा बोलाउंने निर्णय गरिएको मोर्चाले जनाएको छ । राष्ट्रिय भेलामा ७० जिल्लाबाट सहभागी हुंने संयोजक श्रीसले बताउंनुभयो ।