एमाले अध्यक्ष ओली आज देवदहमा

1.3K

एमाले अध्यक्ष ओली आज देवदहमा

बुटवल,पुस । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा वली आज रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीको देवदहमा युवा संघ रुपन्देहीका अध्यक्ष स्व. दुर्गा तिवारीको ११ औ दिनको पुन्य तिथिमा आयोजना गरिने  श्रद्धान्जली सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष्ँ वली देवदह आउन लाग्नुभएको हो । युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीलाई गत २ गते अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।