
बुटवल, ११ माघ । गार्गी एकेडेमी बुटवलमा आजदेखि खेल सप्ताह शुरु भएको छ। विद्यालयको बार्षिक कार्यक्रम अनुसार विद्यार्थीभित्र रहेको प्रतिभा प्रष्फुटन गराउने उदेश्यले खेल सप्ताह शुरु गरेको जनाएको छ ।
सप्ताहको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष थापाले खेल सप्ताहले प्रतिभावान विद्यार्थीको पहिचान गर्न मद्दत गर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य दिनेश केसीले गार्गीले विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त प्रतिभावान विद्यार्थीलाई अवसर दिने हेतुले खेल सप्ताह आयोजना गरिएको बताउनुभयो । यही माघ १८ गतेसम्म चल्ने सप्ताहमा हाईजम्प, छेलो फाल्ने, दौड, हाईजम्प, लङजम्प जस्ता प्रतियोगिताहरु हुने अतिरिक्त प्रतियोगिता संयोजक शालिकराम भुसालले बताउनुभयो ।
उद्घाटनसत्रमा विद्यालयका एकेडेमिक इन्चार्ज भुवन अधिकारी, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष खग्रेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।